प्याब्सन झापाको कार्यक्रममा सहभागि बन्न राजेश हमाल आज भद्रपुर आउँदै

0
148

भद्रपुर ।

नेपाली चलचित्रका महानायक राजेश हमाल आज (सोमबार) भद्रपुरमा आउँदैछन् ।

झापाको सदरमुकाम भद्रपुरमा ३२ औं प्याब्सन दिवसको अवसर पारेर आयोजित जिल्लास्तरीय बृहत् सांस्कृतिक प्रतियोगिताको समापन कार्यक्रममा महानायक हमाल आउन लागेको प्याब्सन नगर समिति भद्रपुरका सचिव सन्देश राईले जानकारी दिए ।

आइतबारदेखि सुरु भएको जिल्लास्तरीय बृहत् सांस्कृतिक प्रतियोगिता भोलिसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यबीच प्रतिस्पर्धा हुने गरी सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा झापाका १५ वटै पालिकाका संस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारीलगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा नृत्यका ३९ र गायनका ३९ प्रतिष्पर्धीबीच प्रतिस्पर्धा हुने छ । कार्यक्रमअन्तर्गत गायनतर्फ १२ वर्षमुनि, कक्षा १० सम्मका र कक्षा १२ सम्मका उत्कृष्ट प्रतिपर्धीबीच जिल्ला उत्कृष्टका लागि प्रतिस्पर्धा भएको थियो । त्यस्तै नृत्यतर्फ आधुनिक, राष्ट्रिय र जातीय पहिचानसहितका सांस्कृतिक नृत्यहरूको विषयगत प्रतिस्पर्धा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here