पथरीशनिश्चरे-२ को विवादित बाटो निर्माणका लागि स्थानीय बासिन्दाहरू सहमत

0
99

पथरीशनिश्चरे,

पथरी शनिश्चरे नगरपालिका वडा नं २ स्थित संस्कृत विद्यालय दक्षिणमा रहेको विवादित बाटो निर्माणका लागि स्थानीय सहमत भएका छन्।

आईतबार वडा अध्यक्ष नैना साम्पाङ राईसहित जनप्रतिनिधिहरूले स्थानीय बासिन्दाहरूसित छलफल गरी सो बिवादित बाटो निर्माणका लागि सहमत भएका हुन्।

बिश्वनाथ संस्कृत बिद्यालयको दक्षिणमा रहेको उक्त बाटो स्तर उन्नति सहित निर्माणका लागि वडा २ को १लाख ५० हजार बजेट र स्थानीयको १५ प्रतिशत रकमबाट २० फिट बाटो निर्माण कार्य आजै सुरु भएको छ।

छलफलमा स्थानिय भद्रभलादमी र उपभोक्ता समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

यसैबीच, वडा नं २ को वडा कार्यलयले निकै लामो समयदेखि विवादित बाटो निर्माणका लागि सहमति जुटाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद समेत प्रकट गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here