रोङमा भएको आगलागीबाट पाँच लाखको क्षति

२५ पुष २०७९, सोमबार मा प्रकाशित

गणेश अर्याल /इलाम ।

इलामको रोङ गाउपालिका १ को एक घरमा आगलागी हुदा करिब ५ लाख बराबरको क्षति भएको छ ।

आइतबार दिउसो घरमा कोही नभएको बेला अचानक आगो लाग्दा सो बराबरको क्षति भएको हो । घरमा भएको नगद ३० हजार, सखुवाको काठ सिरक डसना भाडा बर्तन लगायत सबै सामान जलेर खसानी भएकाले ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीको भनाइ रहेको छ ।

रोङ १ एकराते निवासी बिष्णुमाया राईको घरमा आगलागी भएको रोङ १ का वडा सदस्य हेमबहादुर थापाले बताउनु भयो । बिजुलीको कारण आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको वडा सदस्य थापाले बताउनु भयो । बस्तै आएको घर आगोले जलेपछि पिडीत बन्नु भएकी बिष्णुमाया अहिले छिमेकी एव एव वडा सदस्य मनमाया राईको सहयोगमा कृष्णकुमारी राई [लिम्बु] को घरमा आश्रय लिएर बस्नु भएको बताइएको छ ।

घटनाको सूचना पाउन साथ नेपाल रेडक्रस सोसाइटी हासपोखरी उपसाखाले राहतको लागि पहल सुरु गरेको छ । बेलुका अबेर सूचना आएकाले सोमबार सम्मका एक सेट राहत सामाग्री उपलब्ध गराउने हासपोखरी उपसाखा सभापति नेत्रप्रसाद पोख्रेलले बताउनु भयो । रोङ गाउपालिकाले पनि सोमबार नै राहत सामाग्री लैजाने तयारी गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here