प्याब्सनको स्थापना दिवसमा सांस्कृतिक कार्यक्रम

0
222

बिर्तामोड ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको ३२ औं स्थापना दिवसका अवसरमा झापामा दुई दिवसीय जिल्लास्तरीय बृहत् गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

प्याब्सन झापाको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयहरुको सहभागिता रहेको थियो । भद्रपुरस्थित मेची रंगशालामा पुस २४ र २५ गते भएको सांस्कृतिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

‘संस्थागत विद्यालयबीच एकता, गुणस्तरीय शिक्षा एक मात्र प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्याब्सन झापाले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सांस्कृतिक नृत्यतर्फ कक्षा ६ देखि कक्षा १० सम्मको सांस्कृतिक नृत्यतर्फ झापा नेशनल इङ्लिस स्कूल मेचीनगर प्रथम, कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्ति दोस्रो र सर्वोदय इङ्लिस स्कूल दमक तेस्रो भए ।

कक्षा ११ र कक्षा १२ गायनतर्फ (सिनियर लेभल) मा कञ्चनजंघा इङ्लिस स्कूल बिर्तामोड प्रथम, धु्रवतारा इङ्लिस स्कूल शिवसताक्षी दोस्रो र ग्लोबल इङ्लिस स्कूल दमक तेस्रो भए । त्यस्तै १२ वर्ष मुनीको गायन (जुनियर लेभल)तर्फ रोजवड इङ्लिस स्कूल अर्जुनधारा प्रथम, प्यारागन एकाडमी कनकाई दोस्रो, इन्साएर इङ्लिस स्कूल दमक तेस्रो भए ।

त्यसैगरी १२ वर्षमाथिको गायन (सिनियर लेभल)तर्फ ग्लोबल एडुकेयर इङ्लिस स्कूल कनकाई प्रथम, निहारिक इङ्लिस स्कूल कमल दोस्रो, चन्द्रज्योति इङ्लिस झापा र रोजीएट इङ्लिस स्कूल दमक तेस्रो भए । त्यस्तै आधुनिक नृत्यतर्फ कक्षा १ देखि कक्षा ५ सम्म हिमालयन एकाडेमी प्रथम, एभरेष्ट इङ्लिस स्कूल दमक दोस्रो, चिल्ड्रेन इन्भारोमेन्ट बिर्तामोड तेस्रो भए ।

त्यस्तै राष्ट्रिय लोकनृत्यतर्फ कक्षा ८ सम्म हिमालयन इङ्लिस स्कूल प्रथम, एभरेष्ट इङ्लिस हाइ स्कूल दमक दोस्रो र कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्ति तेस्रो भए । प्याब्सन झापाले स्थापना दिवसलाई यसपटक व्यापकरुपमा मनाएको बताइएको छ । दुई दिवसीय कार्यक्रमको प्रमुख अतिथिको रुपमा कायममुकायम प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने र जिल्ला प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको प्रमुख आतिथ्य रहेको थियो ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरे, केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नेपाली सिनेमाका महानायक राजेश हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले गरेका थिए । जिल्लास्तरीय सांस्कृतिक कार्यक्रम गर्दै लोकनृत्यको संरक्षण गर्नुका साथै प्याब्सनलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको प्याब्सनका सुमन शर्मा जमर कट्टेलले बताए । नृत्यतर्फ मोड्न, राष्ट्रियता झल्काउने र जातियता तथा भेसभुसा झल्काउने गरी तीन किसिमका नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन् । प्रदेशस्तरीयमा प्रथम हुनले राष्ट्रियस्तरीय प्रतियोगितामा भाग लिने जनाइएको छ ।कार्यक्रममा विभिन्न ब्यक्तिलाई सम्मान समेत गरिएको थियो । अध्ययनसंगै अतिरिक्त क्रियाकलापलाई पहिलो प्राथमितामा राखेको प्याब्स झापाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here