सुन्दरहरैचामा ट्याक्टर दुर्घटना हुँदा चौधरीको मृत्यु

0
165

पथरीशनिश्चरे,

मोरङको सुन्दरहरैचा नगरपालिका ११ सितुमारीको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

सोमबार बिहान साढे ९ बजे उत्तरबाट दक्षिण तर्फ बालुवा बोकेर जाँदै गरेको को २ त ५८२२ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ बर्षे अनिल चौधरी र सहचालक २० बर्षे रुपेश रिसिदेव घाईते भएका हुन् ।

घाईते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको छ भने रिसीदेवको सोहि अस्पतालमा उपचाररत रहनुभएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here