सशस्त्रद्वारा भद्रपुरमा विषादी परीक्षण बिनाका माछा बरामद

0
120

झापा ।

विषादी परीक्षण बिना भारतबाट अवैध रुपमा नेपाल भित्राइएको माछा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरेको कमान्डमा खटिएको टोलीले बुधवार बिहान भद्रपुर ५ स्थित देवीवस्ती नजिकैको दोभानबाट ६० केजी सिलङ माछा बरामद गरेको हो ।

प्यालिष्टकको झोलामा हालेर भद्रपुर बजारतर्फ ल्याउँदै गरेको अवस्थामा करिब २१ हजार मुल्य बराबरको माछा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको माछालाई अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुर, जनप्रतिनिधि, पत्रकार र नेपाल प्रहरीको रोहबरमा बिओपी भद्रपुर परिसरभित्र नष्ट गरिएको छ ।

भारतबाट आयातित माछा भद्रपुर भन्सार कार्यालय नआउन छाडेपछि नेपाली सीमावर्ती बजार क्षेत्रमा अवैध रुपमा माछा मासु नेपाल भित्रन थालेपछि त्यसको रोकथामका लागि सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here