चीनले ल्यायो नयाँ साइबर कानून

0
171

एजेन्सी,

सत्तारुढ कम्युनिष्ट पार्टीको छवि धुमिल्याउने किसिमका सामग्री नियन्त्रण गर्नका लागि चीनले नयाँ साइबर कानून लागू गरेको छ ।

अष्ट्रियाको राजधानी भियनामा रहेको भोइस अगेन्स्ट अटोक्रेसी (भीओए) ले जनाएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको छवि बिगार्ने सामग्री नियन्त्रणका लागि नयाँ इन्टरनेट तथा साइबर कानून ल्याइएको हो ।

कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न भन्दै शून्य कोभिड नीतिअन्तर्गत चीनमा लगाइएको कठोर लकडाउनविरुद्ध गएको नोभेम्बर र डिसेम्बर महिनामा विशाल प्रदर्शन भएका थिए । चीनको साइबरस्पेस प्रशासनले मोबाइल र मोबाइलमा प्रयोग हुने एप उत्पादकलाई नियमन गर्नका लागि नयाँ कानून अघि सारेको बताइएको छ ।

यस कानूनमार्फत् चीनमा सरकारी नीतिको विरोधमा प्रकाशन गरिने तस्वीर, भिडियो, अन्य अपडेट र सामग्री डाउनलोड गर्न कडाई गरिनेछ । हालै लागू गरिएको कानून सन् २०१७ मा इन्टरनेट पोस्टको कमेन्ट सेवालाई नियमन गर्न ल्याइएको कानून कै परिमार्जित रुप रहेको भिओएले उल्लेख गरेको छ ।

सन् २००० यता चीनले इन्टरनेटमा द ग्रेट फायरवाल नामक प्रणाली अपनाएको छ । यस प्रणालीलाई इन्टरनेट सेन्सरसिपका लागि विश्वमै सबैभन्दा कठोर मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here