पथरी शनिश्चरे–७ का ३ विद्यालयमा अध्ययनरत तीन सयलाई न्यानो स्विटर प्रदान

२८ पुष २०७९, बिहीबार मा प्रकाशित

छविराज ढकाल /पथरीशनिश्चरे ।

पथरीशनिचरे नगरपालिका ७ नम्बर वडा कार्यालयले दुर्गा माविका विद्यार्थीहरुलाई जाडोमा न्यानो स्विटर वितरण गरेको छ ।

पथरीशनिश्चरे ७ लामाटोलमा रहेको दुर्गा माविका एक सय ३० जना विद्यार्थीहरुलाई केहि दिन यता अत्याधिक चिसो हुस्सु र जाडो बढेपछि स्विटर वितरण गरेको हो ।

वडा नं ७ को वडा कार्यलयले बाल वालिका शिर्षक अन्तर्गत एक लाख १० हजार रुपैयाँ बराबरको स्विटरहरु खरिद गरी वडामा रहेका तीन वटा सामुदायिक विद्यालयमा अध्यानरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्यायन गर्ने विद्यार्थीहरुलाई प्रदान गरिएको वडा न ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतले बताउनुभयो ।

अध्यक्ष बस्नेतका अनुसार बालकल्याण माविका एक सय १७, चन्द्रकिरातेश्वर माविका ९२ जना र दुर्गा माबिका एक सय १३ जना गरी जम्मा तीन सय २२ जनालाई स्विटर वितरण गरिएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here