जिल्ला सहकारी संघको उत्कृष्ट सञ्चारकर्मी पुरस्कार पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक ढकाललाई प्रदान

२९ पुष २०७९, शुक्रबार मा प्रकाशित

 

झापा, जिल्ला सहकारी संघ झापाले यस वर्षको उत्कृष्ट सञ्चारकर्मी पुरस्कार पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाललाई प्रदान गरिएको छ ।
संघको २६ औं वार्षिक साधारण सभाको अबसरमा डेस्क सम्पादक ढकाललाई १० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत ढकाललाई जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले उक्त पुरस्कारा प्रदान गरेका थिए ।
सहकारी क्षेत्रको वृद्धि र विकासका लागि पत्रकारिताका माध्यमबाट लामो समयदेखि कलम चलाउँदै आएका ढकालले सहकारी आन्दोलनमा समेत उल्लेखनीय योगदान पु¥याएको भन्दै पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको झापा सहकारी सम्मान पुरस्कार दीपक प्रकाश बास्कोटालाई प्रदान गरिएको छ । १० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशि सहित पूर्व सञ्चालक सम्मान पुरस्कार हरिकिशोर आचार्यलाई प्रदान गरिएको छ ।


यसैगरी उत्कृष्ट वहुउद्देश्यीय सहकारी संस्थाका रुपमा गणेश वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाह्रदशीलाई पुरस्कृत गरिएको छ । सो पुरस्कार सहकारीका अध्यक्ष यज्ञ ओलीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
यता उत्कृष्ट बचत कारोवार गर्ने सहकारीका रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै उत्कृष्ट कृषि सहकारी संस्थाका रुपमा कमल गाउँपालिकामा रहेको लगनशील कृषि सहकारी संस्था लिमिटेड र उत्कृष्ट कारोवार गर्ने सहकारीका रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरलाई पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।


त्यस्तै उत्कष्ठ कर्जा कारोवार गर्ने फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक अरुणा राई र विराट वहुउद्देश्यीय सहकारी संस्थाका रुद्र सिटौलालाई प्रदान गरियो । पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार गिरीले गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्व बास्कोटा, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संघका सचिव भवानी प्रसाद दंगाालले गरेका थिए ।
अघिवेशनको बन्द सत्रबाट हरिकृष्ण अघिकारी ३ नम्वर क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी एकता वहुउद्देश्यीय सहकारी संस्था हल्दिवारीका अध्यक्ष हुन् ।

(फोटो फिचर)

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here