जागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री अनुदान

0
130

झापा ।

बुद्धशान्ति १ स्थित जागरणा कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

प्रदेश नं. १ कृषि मन्त्रालयबाट प्राप्त भएकोे अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान १ पांग्रे ठेला गरि १० लाख बराबरको कृषि सामग्री आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको थियो ।

कृषि समूहका अध्यक्ष शिव बहादुर गिरीको अध्यक्षता, प्रदेश नं. १ का निवर्तमान कृषिमन्त्री झलक सिंह दर्लामीको प्रमुख आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, स्थानीय समाजसेवी खड्ग तिम्सिना, रोसन तिम्सिना, दधिराम रिमाल, सरोज घिमिरे लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव केशव पुरीले गरेका थिए ।

यस भन्दा अघि पनि निवर्तमान कृषिमन्त्री झलक सिंह दर्लामीकै विशेष पहलमा बुद्धशान्तिका विभिन्न क्षेत्रहरुमा लाखौँका कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here