सिँधुवा बजारमा भीषण आगलागी

0
132

धनकुटा, 

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिनुभयो । “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन्”, उहाँले भन्नुभयो ।

छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा अहिले आगो निभाउने प्रयास भइरहेको खड्काले जानकारी दिनुभयो ।

बाँकी सहयोगका लागि तेह्रथुम जिल्लाको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरू आईरहेको उहाँले जानकारी दिनुभयो ।

थप सहयोगका लागि जिल्लाबाट सुरक्षा बल गइसकेकाले पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको कन्ट्रोल रुमले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here