पथरीशनिश्चरेमा नगरस्तरीय नक आउट खेलकुद सप्ताह सुरु

0
277

छविराज ढकाल/पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा नं २को वडा कार्यालयको आयोजनामा नगरस्तरीय नक आउट खेलकुद सप्ताह सुरु भएको छ।

आज शनिबार नगरप्रमुख मोहन प्रसाद तुम्वापोले आज ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेद प्रसाद गौतम र उपप्रमुख देवी माया काफ्ले, लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नु भएको हो।

उद्घाटनका क्रममा नगरप्रमुख तुम्वापोले खेलकुद क्षेत्रले खेलाडीको क्षमता वृद्धि गर्दै समाज र राष्ट्रलाई महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभएको हो।उहाँले समग्र नगरको खेलकुद क्षेत्रलाई खेलाडीहरूको अनुशासन र लगनशीलताले कुशल खेलाडीहरूको उत्पादन हुने विश्वास लिदै प्रदेश र देशको खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले खेलको माध्यमबाट खेलाडीहरूले आफ्नो जीवन सफल र अनुशासित र सभ्य बनाउने कुरामा जोड दिनुभयो।

आजको उद्घाटन खेल पथरीशनिश्चरे वडा नं ४ र ७ बिच खेलकुद सप्ताह अन्तर्गत नगरस्तरीय नक आउट क्रिकेट प्रतियोगिता सूरू भएको थियो भने सोही दिन दोस्रो खेल १० र ९ बिच हुने भएको छ।

खेलकुद सप्ताह अन्तर्गत क्रिकेट, छेलो, चेस , फुटबल र रनिङ गरी ५ वटा विधामा प्रतिस्पर्धा हुने आयोजक वडा नं २ का वडा अध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो।

आजदेखि सुरु भएको उक्त खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, चेस,दौड तथा छेलो प्रतियोगिता हुने उद्घाटन कार्यक्रमका अध्यक्ष समेत रहेका वाड अध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो। वडा अध्यक्ष राईले वडा कार्यालयको खेलकुद शिर्षकबाट २ लाख ५० हजार रुपैयाँ विनियोजन भएको र अन्य आवश्यक रकम खेलप्रेमी संघ संस्थाहरुको सहयोग रकमबाट प्रतियोगिता सम्पन्न गर्ने बताउनुभयो।

नगरभित्रका खेलाडीहरूको प्रतिभा र क्षमता वृद्धि गर्दै नगरको खेलकुद क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आयोजित प्रतियोगितामा नगरका कुल१० वटा वडाहरुले सहभागिता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here