कृपालुजी महाराजको जगतगुरुत्तम दिवस

0
106

बिर्तामोड ।

पञ्चम मुल जगतगुरु कृपालुजी महाराजको ६६औं जगतगुरुत्तम दिवस गौसेवा लगायत विविध कार्यक्रका बीच सम्पन्न गरिएको छ ।

काशी विद्धत परिषद्ले १४ जनवरी १९५७ वि.सं. २०१३ सालमा श्री कृपालुजी महाराजलाई पञ्चम मुल जगतगुरुत्तम उपाधिले विभुषित गरेको थियो । शिवसताक्षी धामको गोलोक गोवद्र्धन गौशालामा उपस्थित भई बिर्तामोडका साधकहरुले गौसेवाका लागि आवश्यक पर्ने चोकर नुन, ब्राण्ड लगायतका सामग्रीहरु उपलब्ध गराएका थिए ।

उक्त अवसरमा गोलोक गोर्वद्धन गौशालाका संस्थापक नन्दकिशोर भारद्धाज, प्राचार्य मदनमोहन अधिकारी, शिक्षक गुरुहरु गोविन्द शरण, तुलसी निरौला लगायत गौसेवक र विद्यार्थीहरु सताक्षीधाम धार्मिक पर्यटकीयका सचिव कालीप्रसाद रिजाल, सदस्य पर्शुराम लगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा कृपालुजी महाराजका अनुयायी ३० जनाभन्दा बढी भक्तहरुको उपस्थितीले महाराजजीको आरती र किर्तन गरेका थिए । गौशालाका संस्थापक नन्दकिशोर भारद्धाजले गौशाला र महाराजजीको विषयमा प्रकाश पारेका थिए । त्यस अवसरमा प्राचार्य गोविन्द शरणले गौमाता सम्बन्धी कविता वाचन गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश र कार्यक्रमको सञ्चालन चन्द्रकान्त ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here