कानेपोखरीद्वारा १४ घरपरिवार भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

0
105

पथरी शनिश्चरे,

मोरङको कानेपोखरी गाउँपालिकाले १४ घरपरिवार भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ।

गाउँपालिकाले सोमबार वडा नं. ६ बिहीबारेका १४ घरपरिवारलाई जग्गा धनीपुर्जा वितरण गरेको हो। उनीहरूलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, वडाध्यक्षहरू चरण गुरुङ, मोहनप्रसाद अधिकारी र खड्ग बस्नेतले पुर्जा वितरण गरेका थिए ।

भूमिहीन सुकुम्बासीमा अजम्बरी टोलका धनबहादुर राई, भक्तबहादुर राई, शारदा राई, पूर्णिमा थेगिम लिम्बू, बिहीबारेका फूलमाया घिसिङ तामाङ, टीकामाय मगर, कल्पना राई, पाँचथरे टोलका दीपेन्द्र थेगिम लिम्बू र देउरालीका तिलकबहादुर रानामगरले जग्गा धनीपुर्जा पाएका छन् ।

त्यसैगरी, भूमिहीन दलितमा अजम्बरी टोलका मनिता विश्वकर्मा र बिहीबारेका अस्मिता सुन्दास, होमा दर्जी, मिठ्ठी दर्जी र चेलीमाया दर्जीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । उनीहरू सबैले ३ कठ्ठा ५ दशमलव ७६ धुर पाएका छन् ।

यसअघि कानेपोखरी गाउँपालिकाले वडा नं. ६ बिहीबारेका ६२ घरपरिवार भूमिहीन, सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा धनीपुर्जा वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here