बटुकलाई न्यानो कपडा वितरण

३ माघ २०७९, मंगलवार मा प्रकाशित

झिलझिले।

रुद्र–गौरी–अम्बिका प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष गोपाल ओली र उनकी धर्मपत्नी तुलसादेवीले सताक्षीधाम संस्कृत गुरुकुलका बटुकलाई जाडोमा लगाउने न्यानो कपडा तथा जुत्ता प्रदान गरेका छन् ।

समाजसेवी ओलीले झापाका विभिन्न ठाउँमा यसअघि पनि कुनै न कुनै प्रकारको सहयोग गर्दै आएका थिए । शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याँङ्डाडा स्थायी घर भएका ओली तीन दशकदेखि समाजसेवामा सक्रिय छन् । झिलझिलेमा केन्द्रीय कार्यालय रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति सदस्य समेत रहेका ओली जिल्लाका अन्य सामाजिक संघ–संस्थामा समेत आवद्ध छन् ।

थोपा–थोपा पानीले समुन्द्र बन्छ भने झैं एक–एक जनाको सहयोग एकमुष्ठ रुपमा ठूलो हुने गरेको उनको भनाइ छ । यसले कसैलाई दुःख, कष्टबाट मुक्त दिलाउनुका साथै आत्म सन्तुष्टी समेत मिल्ने गरेको बताए । उनले मानवीय प्रवृत्तिले हामीलाई श्रेष्ठ बनाउने बताउँदै पूर्वीय संस्कारमा दान र दुःखमा परेकालाई सहयोग गर्न प्रेरित गरेको बताए ।

विद्यालयका बटुक, सताक्षीधाम क्षेत्रमा रहेका विभिन्न मन्दिरका पुजारीलाई ट्रयाक सुट र जुत्ता प्रदान गरेका थिए । अन्यलाई तिलक लगाई दिएर दक्षिणा प्रदान गरेका थिए । कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख नविन ओली, सञ्चालक समिति सदस्य पर्शुराम ढुंगाना लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here