पथरीशनिश्चरे ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाले आफ्नो मातहतमा रहेका विद्यालयहरुका लागि थप तीन दिन विदा दिएको छ ।
नगर शिक्षा सामितिको बैंठकले अत्याधिक जाडो बढेको कारण माघ ४ गतेदेखि ६ गतेसम्म विद्यालय विदा गर्ने निर्णय गरेको हो ।
केहि दिन यतादेखि अत्यन्त चिसो बढेकोले शिक्षण सिकाइ क्रियाकलाप गर्न अनुकूल नदेखिएकाले विद्यालय बन्द गरेको पथरीशनिश्चरे नगरपालिकाको कार्यालयले एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।