२४५ जना नेपाली कामदारलाई आर्थिक सहायता

0
111

मेचीनगर।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयले आर्थिक वर्ष २०७८/०७९ मा अङ्गभङ्ग गम्भीर विरामी भएका दुई सय ४५ जना नेपाली कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

त्यो वर्ष सचिवलायले दुई सय ३३ पुरुष र १२ महिला नेपाली कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको थियो । बोर्डको आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक वार्षिक प्रतिवेदनले यसलाई पुष्टि गर्दछ । यो आर्थिक सहायता प्राप्त गर्ने सबै श्रम स्वीकृति लिई वैदेशिक रोजागरीमा गएका कामदारहरु मध्ये हुन् ।

आ.व. २०७८/०७९ मा अङ्गभङ्ग गम्भीर विरामी भएका कामदारलाई प्रदान गरिएको आर्थिक सहायताको देशगत विवरण अनुसार सबैभन्दा बढी युएईमा एक महिला र ५२ पुरुष गरी ५३ जना नेपाली कामदारलाई आर्थिक सहायता प्रदान गरेको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले जानकारी दिए । विश्वका दश वटा देशमा कार्यरत कामदारलाई यो सहायता प्रदान गरिएको हो ।

सबैभन्दा कम अफगानिस्तान, बरमुडा, साईप्रस, ग्रीस, रोमानिया, सोमालिया देशमा एक–एक जनालाई आर्थिक सहायता प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ब्रुनाईमा पाँच, जोर्डनमा तीन, कुवेतमा १०, मलेशियामा ४१, कतारमा ४३, रिपव्लिक अफ कोरीयामा आठ, साउदी अरबमा ७१ जना अङ्गभङ्ग तथा गम्भीर विरामी भएका नेपाली कामदारलाई यो सहायत प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यो वर्ष विभिन्न रोगका कारण थलिएका र मृगौला रोगी क्रमशः ५२÷५२ जनालाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको थियो । त्यसैगरी, क्यान्सर रोग लागेका चार महिला र २१ पुरुष गरी २५ जना, हृदयघातका दुई पुरुष, सडक दुर्घटनाका १७ पुरुष र एक महिला गरी १८ जना, कार्यक्षेत्रमा दुघर्टनामा परी अङ्गभङ्ग तथा गम्भीर विरामी भएका कामदारलाई आर्थिक सहायता प्रदान गरिएको कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा अङ्गभङ्ग तथा गम्भीर विरामी भएका कामदारलाई प्रदान गरिएको आर्थिक सहायताको जिल्लागत विवरण अनुसार नेपालका ५८ वटा जिल्लाका नेपाली कामदारलाई यो सहायता प्रदान गरिएको छ । सहायता प्राप्त गर्ने कुल संख्यामध्ये झापाका छ पुरुष र एक जना महिला गरी कुल सात जना छन् । यो सहायता लिने सबैभन्दा बढि सिराहका १३ जना छन् । उनीहरु सबै पुरुष हुन् । त्यसपछि अङ्गभङ्ग गम्भीर विरामी भएका दोस्रोमा तनहुँका र सिराहका ११÷ ११ र तेस्रोमा स्याङ्जा र बागलुङ्ग जिल्लाका १०÷१० छन् ।

तीनै जिल्लका सबै पुरुष कामदार हुन् । जाजरकोट, जुम्ला, ताप्लेजुङ, दैलेख, दोलखा, प्युठान, बर्दिया, बाके, बारा, भोजपुर, रामेछाप, रुकुम पश्चिमका एक–एक जना नेपाली कामदारले यो आर्थिक सहायता लिएका छन् । ओखलढुंगा, गोरखा, धनकुटा, नवलपरासी पश्चिम, पाचथर, म्याग्दी, लम्जुङ, ललितपुर, संखुवासभा, सिन्धुलीका दुई–दुई जना, अर्घाखाची, उदयपुर, बैतडी, रोल्पा जिल्लाका तीन–तीन जना, इलाम, कपिलवस्तु, खोटाङ, दार्चुला, रोल्पा, सप्तरी, सल्यान जिल्लाका चार–चार जना, गुल्मी, चितवन, दाङ्ग, पर्वत जिल्लाका पाँच–पाँच जना, काभ्रे, धनुषा, नुवाकोट सिन्धुपाल्चोक जिल्लाका छ–छ, पाल्पा र कास्कीका सात, नवलपरासी पूर्व र धादिङ्गका आठ–आठ, सर्लाहीका नौ जना गरी कुल दुई सय ४५ जना अङ्गभङ्ग गम्भीर विरामी भएका कामदारलाई आर्थिक सहायता प्रदान गरिएको थियो ।

सो अवधिमा ३८ महिला र सात सय ५७ पुरुषगरी कुल सात सय ९५ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको घर ठेगानासम्म ढुवानी गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपालका ६६ वटा जिल्लामा मृतकको शव ढुवानी गरिएको हो । सचिवालयको वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी मलेसियाबाट आठ महिलासहित दुई सय ४७ जनाको शव आएको थियो । दोस्रोमा साउदी अरवबाट तीन महिला र दुई सय ३३ पुरुषगरी कुल दुई सय ३६ जनाको शव आएको थियो । यूएईबाट १० महिला र ९० पुरुषगरी एकसय, कुवेतबाट सात महिलासहित ४१ जनाको, ब्रुनाईबाट १० जना पुरुषको शव नेपाल आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here