बेलबारी नगरपालिकाद्वारा करारका ४ जना कर्मचारी निष्कासित

0
147

पथरीशनिश्चरे,

बेलबारी नगरपालिकाले करारमा रहेका कर्मचारीहरुलाई निष्कासन गर्न सुरु गरेको छ। पहिलो चरणमा ३ जना नगर प्रहरी र १ जना दमकल कर्मचारी सहित ४ जना निष्कासन गरेपछि खैलाबैला मच्चिएको हो ।

नगरपालिकाबाट निष्कासित कर्मचारीहरु असन्तुष्ट बनेका छन् । उनीहरुले करारमा रहेका कर्मचारी निष्कासन गर्न नपाईने भन्दै राजनीतिक दल र जनप्रतिनिधिहरुलाई दवाव दिईरहेका छन् । बेलबारी नगरपालिकामा प्रशासनतर्फ मात्र करारमा ४७ जना कर्मचारी रहेका छन् ।

संगठन ब्यवस्थापन सर्वेक्षणको रिपोर्ट अनुसार नगरपालिकामा कर्मचारीको संख्या बढी रहेको र क्रमैसँग करारमा रहेका कर्मचारीहरु हटाउदै जाने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले जानकारी दिएका हुन् ।

उनले करारमा रहेका कर्मचारीहरुलाई प्रदेश लोकसेवा आयोग मार्फत उर्तिण भएका कर्मचारीहरुलाई मात्र नियुक्ति दिने समेत बताएका थिए । बेलबारी नगरपालिकाको १२ औँ नगरसभाले करारका कर्मचारी हटाउने निर्णय पारित गरेको नगरप्रमुदख राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here