सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ

६ माघ २०७९, शुक्रबार मा प्रकाशित

काठमाडौँ, 

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनुभयो ।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता थियो । घिमिरे बिहीबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here