कनकाईमा चेतना मूलक नाटक मञ्चन

0
193

झापा, झापाको कनकाई नगरपालिकामा दुब्र्यसन बिरुद्ध चेतना मूलक नाटक मञ्चन गरिएको छ ।
क्षितिज नाट्य प्रतिष्ठान र नाम्लो नाट्य समूह मारेङ्गका कलाकारहरूले कनकाइ मावि सुरुङ्गामा लागूअ‍ैषध दुब्र्यसन विरुद्ध चेतना मूलक नाटक ‘कुरा अर्को छ’ मञ्चन गरिएको हो ।
किशोर अवस्थाका युवा युवतीहरू खराब साथीसंगीका कारण लागू औषध दुब्र्यसनमा फस्ने र त्यसको असरले परिवार र समाजलाई समेत पिप्क्षिप्त बनाएको कारुणीक घटनाहरूमा केन्द्रीकृत रहेर सचेतना प्रभाह गर्ने उद्देश्य का साथ नाटक मञ्चन गरिएको नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा परिकल्पनाकार माधव कल्पित ले जानकारी दिए ।
कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा मञ्चित कार्यक्रममा वडा न.३ का वडा अध्यक्ष युवराज चौलागाइँ, वडा न.४ का वडा अध्यक्ष रोशन सुवेदी ,कनकाई मा वि का प्रधानाध्यापक कर्ण बहादुर डाँगी, कनकाई मा वि स्वास्थ्य इकाई प्रमुख ऋतु सोडारी लगायत शिक्षक, शिक्षिका बिद्यार्थी, अभिभावक गरि करिव २ हजार ५ सय को उपस्थिति मा उक्त नाटक मञ्चन गरिएको विद्यालय प्रमुख कर्ण डाँगीले जानकारी दिए ।
दुब्र्यसन न्युनीकरणका क्षेत्रमा बृहत् चेतना अभिबृद्धि गर्दै नगर भित्रका सबै किशोर किशोरीहरु माझ चेतना अभिबृद्दि गर्ने उद्देश्य का साथ नगरपालिकाको विशेष सहयोग र आयोजनामा नाट्य कार्यक्रम प्रस्तुत गरिएको र यसबाट दुब्र्यसन न्यनीकरणमा ठूलो चेतना प्रभाह हुने नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।
लागू आौषध दुब्र्यसन न्युनीकरण सम्बन्धि प्रस्तुत नाटक कुरा अर्को छ मा क्षितिज नाट्य प्रतिष्ठान झापा र नाम्लो नाट्य समूह मोरङ्ग का कलाकारहरुको जीवन्त अभिनय रहेको थियो ।
माधब कल्पितको निर्माण परिकल्पना र सुदिप जंङ्ग कार्की को निर्देशन रहेको नाटकमा समीक्षा खतिवडा दीक्क्षा चौधरी, प्रदिप सरदार ,सुरज माझी ,दिपा रेग्मी ,भिमा खतिवडा ,सञ्जय मुडियारी, सुजना खतिवडा ,भरत कार्की ,राजु न्यौपाने, समीन खतिवडा, नबिना न्यौपानेलगायत कलाकारहरुले अभिनय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here