४० जना ज्येष्ठलाई सम्मान

७ माघ २०७९, शनिबार मा प्रकाशित

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले वडा नम्बर १का ७० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

नगरको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक सत्मिलन तथा सम्मान कार्यक्रमको आयोजना गर्दे ४० जना ज्येष्ठ नागरिकलाइ सम्मान गरेको हो । सम्मानित हुने ज्येष्ठ नागरिकलाई गाम्छासहित नगद र फलफूल प्रदान गरिएको थियो ।

३२औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास शाखाका अधिकृत डिल्ली दाहालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १का कार्यवाहक वडाध्यक्ष योगचन्द्र आङ्बोहाङले ज्येष्ठ नागरिकहरुलाई यस वर्ष पनि भ्रमणको आयोजना गरिएको जानकारी दिए । उनले वडा कार्यालयले चाँडै मिति तोकेर सबै ज्येष्ठ नागरिकहरुलाई भ्रमणमा लैजाने बताए ।

सामाजिक विकास शाखाकी संयोजक, नगर कार्यपालिका सदस्य यमुना आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासचिव टीका अधिकारी लगायतको उपस्थिति रहेको थियो । सम्मानित हुने ज्येष्ठ नागरिकहरुले नगरपालिकाले गरेको सम्मान प्रति खुशी व्यक्त गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here