मृत्युुः जिन्दगीको एक सार

७ माघ २०७९, शनिबार मा प्रकाशित

स्वर्ग राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएका गीतका हरफहरु :
त्यसरी होस् मरण, जसरी सुत्छन् तारमा,
गीतका चारु चरण, हिमालचुली देशमा,
दिनको शान्त भेषमा, जसरी गर्छन् विश्राम
सूर्यका स्वर्ण किरण, त्यसरी होस् मरण
भने झैं…

जीवनको एउटा सत्य मृत्युु हो । मृत्यु भएको कारण जीवनभित्रका अहङ्कारहरुलाई मान्छेले थोरै भए पनि पन्साउन सकेको छ । जीवन आफैंमा सुन्दर कदापि हुँदैन । जबसम्म मान्छेले आफूूभित्रका खुशीहरुमा रमाउन जान्दैन ।

दुःखपछि अवश्य पनि जीवनभित्रको एउटा पाटो बनेर खुशीहरु आउनेछन् । तर, मान्छे छोटा दुःखका पलहरुमै हार खाई लमतन्न यसरी पसारिने छ । ऊ बाचेर पनि दुःखका पहाडहरुले किचेर मरेको भन्ठान्ने छ । तर, अहँ यो सोच्न किन सक्दैन, जिन्दगीभित्रको मिठासता पीडामै लुकेको छ । अभावमै त लुकेको छ ।

कहिले आफ्नो रुपसँग कहिले आफ्नो रङमा, कहिले आफ्नो कर्ममा, कहिले आफ्नो धर्मसँग अनि कहिले आफ्नै परिवारका मनहरुसँग कहिले आफ्नै मनसँग मान्छे गुनासो गरिरहन्छ । कहिले आफैंलाई भन्छ यो भएन कहिले आफैँसँग भन्छ त्यो भएन ।

खराब आँखाले हे¥यो भने त संसारका हरेक चिजमा दाग देखिन्छन् । अनि त कहाँ त्यहाँ खुशीका रङ्ग भेटिन्छन् ? जब मान्छे आफैँसँग असन्तुष्टि छ, तब त्यो संसारमा उसले हरेकमा नराम्रै देख्छ ।
कति लोभी छ मन, कति पापी छ, मन कतै दयालु भए जस्तो कतै कपटसँग जेलिएको छ मन । जब मान्छेले एउटा जल्दै गरेको लास देख्छ । त्यसबेला जिउँदो रहेको मान्छेले सोच्ने गर्दछ कि जिन्दगी भनेको घामछायाँ त रहेछ । संसारभित्रका खुशीहरु सबै क्षणिक रहेछन् । अनि भावुक हुन्छ केही पल । फेरि उसले आफ्नो औकात बिर्सदैन ।

औकात नबिर्सनु भनेको आफ्नो असली व्यवहार नबिर्सनु हो । जीवनशैलीमा फर्कनु हो । यसरी नै बिस्तारै आफूसँग भएका चिजहरु छोडेर नभएका वस्तुहरु खोजेर कुनै एकदिन ऊ संसारलाई छोडेर जानेछ । पवनसँगै बिलाउने छ । तब मात्रै हामीभित्रका अहङ्कारहरु सकिनेछन् ।

के हामीले मान्छे बन्नका लागि जल्दै गरेका लासहरु मात्र देख्नुपर्ने हो र ? अनि साना खुशीहरुमा रमाउन मान्छेलाई मृत्युुले नै सिकाउनुपर्ने हो ? होइन भने सास रहँदै मान्छे मान्छे जस्तो बन्न हामीलाई के कुराले रोक्छ ?

मान्छे मान्छे जस्तो हुनु भनेको उसमा मानवता हुनु हो । संवेदनशिलता हुनु हो । अरुको दुःखमा पनि झर्न सक्ने आँशु व्यक्तिमा रहनु हो । त्यसैले त कहिलेकाहीँ लाग्ने गर्छ । प्रकृतिले जुन मृत्युुको परिधिमा हामीलाई बाँधेको छ । त्यो परिधिभित्र जीवनको असली अर्थ लुकेको छ । महान् व्यक्तिहरु भन्ने गर्दछन् । हजारौं असन्तुष्टिहरुका बीचमा रहेर बाच्नु पनि जिउँदै मर्नु बरोबर हो । तर, असली रुपमा मृत्युु नै जिन्दगीको असली सार हो । संसारलाई सुन्दर महशुस गराउने आधार पनि त हो ।
कि कसो ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here