नेपाली अर्थतन्त्र धरासायी बन्यो– पोखरेल

८ माघ २०७९, आईतवार मा प्रकाशित

छविराज ढकाल,
पथरीशनिश्चरे ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले कोरोनाले विगतका दुई वर्ष सिंगो नेपाली अर्थतन्त्र धरासायी बनाएको बताएका छन् । उनले युक्रेन र रसिया बीचको युद्धले विश्व बजारमा थप आर्थिक मन्दी आएको औल्याए ।

आज मोरङ्गको उर्लाबारी–२ स्थित बेतेनी सिमसार मंगलबारेमा सहकारी कर्मचारी संगठन ,पथरीशनिश्चरेले आयोजना गरेको १४ औं वार्षिक साधारण सभामा प्रमुख अतिथि समेत रहेका महासंघका उपाध्यक्ष पोखरेलले अहिले मूल्य श्रृंखला बढेर गएको छ , दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि भएको बताए।

उनले विश्व बजारको २९ प्रतिशत ती युक्रेन र रसियाले धानेका थिए। तर, मुलुकमा खासगरी उपभोग्य वस्तुहरु दाल , गेडागुडी आदि विश्व बजारमा निर्यात नभएको कारण अन्य मुलुकको भरमा ७१ प्रतिशतले धानिरहेको चर्चा गर्दै उनले हाम्रो वित्तीय परिचालनमा समस्या देखिएको बताए । उनले नेपालको राजतन्त्रको अवस्था क्रमशः मजबूत बन्दै गइरहेको संकेत देखिएको हुँदा छिमेकी मुलुक भारतको जस्तो स्थिति नरहेको र यो आर्थिक स्थिति सहज तुल्याउन नेपालका सहकारी संस्थाहरूको ठूलो योगदान रहेको जिकिर गरे ।

पथरीशनिश्चरे नगर पालिकाभित्र रहेका सहकारी संस्थाहरूमा कार्यरत कर्मचारी संगठनका अध्यक्ष एवम् लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेशकुमार वाच्छना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सहकारी संघ लि, प्रदेश नं १ का अध्यक्ष डिल्ली पोखरेल,सहकारी कर्मचारी संगठन उर्लावारीका अध्यक्ष चक्रबहादुर खड्का, जिल्ला बचत संघका अध्यक्ष प्रेम प्रकाश कोइराला,जिल्ला समन्वय समिति मोरङ्गका सह सचिव युवराज भट्टराई, पथरीशनिश्चरे नगरका पुर्व प्रमुख दिलिप कुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

उक्त अवसरमा आर्थिक वर्ष २०७८/०७९को प्रगति प्रतिवेदन तथा आव २०७९/०८० को कार्य योजना सो संगठनका सचिव समेत रहेका मनकामना व्यवस्थापक कल्याण बजगाईंले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट कोषाध्यक्ष ईन्दिरा बुढाथोकीले प्रस्तुत गरेकी थिइन्।

जिल्ला सचत तथा ऋण सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष एकराज निरौला, सहकारी अभियान निरन्तरता सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। लामो समयदेखि सहकारी संस्थाहरूको कर्मचारीको रूपमा रहेको सेवा गरीरहेका आरती साकोसकी चण्डिका बराल र मनकामना साकोसकी पार्वता बुढाथोकीलाई सम्मान गरिएको थियो। सोहि अवसरमा उत्कृष्ट बचतकर्ता र ऋण कारोबारकर्ताहरूलाई पनि पुरस्कृत गरिएको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here