कमलमा एडभान्स ईलेक्ट्रिसियन तालिम शुरु

९ माघ २०७९, सोमबार मा प्रकाशित

कमल ।

कमल गाउँपालिकाको आर्थिक सहयोग र चन्द्रसुर्य सीप विकास सस्था दमकको प्राविधिक सहयोगमा एडभान्स ईलेक्ट्रिसियन तालिम शुरु भएको छ ।

आदिवासी जनजातिका लागि लक्षित तालिममा कमल गाउँपालिकाका आदिवासी जनजातिका सस्थाहरु बाट छनौट भएर आएका ३५ जना सहभागी रहेका छन् । तालिम अवधी ४५ दिनको रहने आयोजकले जनाएको छ ।

गाउँपालिकाको बजेट बाट सन्चालन गरिएको तालिम बाट तपाई हरु संक्षम र संमृद्ध बन्नुहुनेछ । गाउँपालिकाका कोही पनि युवा वेरोजगार नहुन भनेर तालिमको आयोजना गरेको हो । तालिम अवधीभर तपाईहरुले ध्यानदिएर सिक्नुपर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने ले बताउनु भयो ।

तालिम प्राप्त गरेपछि तपाईहरुले जागरिकोलागी कतै भौतारिनु पर्दैन तपाईहरु आफै स्वरोज बन्न सक्नुहुनेछ त्यसैले ईमान्दारिका साथ तालिममा सहभागीहुन कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले सहभागीलाई अनुरोध गर्नुभयो भयो ।

आदिवासी जनजातिका कमल गाउँपालिकाका अध्यक्ष बदीराम राईको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईराला गाउँपालिका स्तरिय आदिवासी जनजातिका नेता लगायत विभिन्न सघ सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम जयबहादुर तामाङ्गले सन्चालन गर्नु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here