कमल गाउँपालिकामा महिला लक्षित ढाका बुनाई तालिम शुरु

१० माघ २०७९, मंगलवार मा प्रकाशित

कमल ।

कमल गाउँपालिकाको आर्थिक सहयोग तथा उद्यमशील महिला जागरण केन्द्रको प्राविधिक सहयोगमा दुई महिने निःशुल्क ढाका बुनाई तालिमको उद्घाटन भएको छ ।

कमल गाउँपालिका वडा नम्वर १ स्थित बाँसवारी र वडा नम्वर ६ स्थित लखनपुरमा सञ्चालित तालिमको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले उद्घाटन गर्नुभएको हो ।

महिलाहरु आत्मनिर्भर नभएका कारण श्रीमान्को भर पर्नु परेको अवस्थालाई न्युनिकरण गर्दै त्यस्ता महिलालाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्येश्यले तालिम सञ्चालन गरिएको उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।

महिलाहरु शिक्षित भए परिवार नै शिक्षित हुन्छ त्यसैले गाउँपालिका बाट महिलालाई लक्षित गरेर तालिमको आयोजना गरिएको हो । तालिम बाट तपाईहरले सिकेको सिपलाई प्रयोग गर्दै घरमै बसेर आम्दानि गर्न सकिने कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले बताउनु भयो ।

तालिम उद्घाटन कार्यक्रममा १ नम्वर वडा अध्यक्ष केदार कटुवाल, ६ नम्वर वडा अध्यक्ष नरेन्द्र भट्टराई ,महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की लगायतले तालिम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल उप्रतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here