पथरीशनिश्चरे ७ मा ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान

१० माघ २०७९, मंगलवार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. ७ ले ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

आज मंगलबार वडा नं ७ को कार्यालयमा भएको कार्यक्रममा वडाकी १ सय ४ वर्षीय जसरानी लिम्बु सहित ७५ वर्ष माथिका जेष्ठ नागरिक र एकल आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यसैगरी, वडाका वृद्ध वृद्धाहरुलाई ३ सय वटा इलेक्ट्रिक जग प्रदान गरिएको छ । जाडोको समयमा वृद्ध वृद्धालाई पानी तताएर पिउन सहज होस् भन्ने हेतुले सम्मान पश्चात् जग बाडिएको वडा अध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रमलाई नगरले सधैं सम्मानका साथ हेरेको र आगामी दिनहरूमा थप अन्य कार्यक्रमहरूलाई वृहत् बनाउँदै लाने बताउनुभयो ।

वडा अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु नरेशबहादुर राई, मनिकुमार लिम्बु, उषा लम्जेल र वडावासीको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सपना राई र कार्यक्रम सञ्चालन वडा सचिव ललिता लावतीले गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here