नेपाल कानुन समाज ४१ वर्षमा

१० माघ २०७९, मंगलवार मा प्रकाशित

काठमाडौँ,

मुलुकको कानुन क्षेत्रको उन्नयनका लागि स्थापना भएको नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश गरेको छ । समाज २०३८ माघ १० गते स्थापना भएको हो ।

स्थापना दिवसका अवसरमा समाजले संस्थापकप्रति कृतज्ञता व्यक्त गर्दै संस्थासँग आबद्ध सबै सदस्य, सरोकारवाला तथा शुभचिन्तकमा शुभकामना व्यक्त गरेको छ । कानुनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको विकासका लागि समाजले विभिन्न गतिविधि गर्दै आएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

लोकतन्त्रको लाभ जनस्तरसम्म पुग्नुपर्छ भन्ने सबैको एउटै विचार र अडान हुनुपर्नेमा समाजले जोड दिँदै आएको छ ।

संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र यसले परिकल्पना गरेको समावेशी लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि राज्यका तीनै अङ्ग, नागरिक समाज र सरोकारवाला सबैलाई कमजोरी नदोहो¥याउन र सकारात्मक पक्षको संवद्र्धन गर्न सङ्कल्प लिन समाजले अपिल गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here