कचनकवलमा एउटै रुखमा भुण्डिए प्रेमप्रेमिका

१० माघ २०७९, मंगलवार मा प्रकाशित

झापा ।

दक्षिणी झापाको कचनकवलमा प्रेमप्रेमिका एउटै रुखमा भुण्डिएको अवस्थामा मृत फेला परेका छन् । गत साउनमा तीनजना युवती सामूहिक रुपमा एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घटना घटेको स्थानीयबासी बताउँछन् ।

कचनकवल– ४ खुट्टामुनि निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

कचनकवल– ४ स्थित एभरेष्ट टी गार्डेन भित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुवै जनाले आत्महत्या गरेको पाइएको छ । अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ । घटनाको बारेमा प्रहरीले अनुसंन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए ।

यता मृतक राजेशका मामा रघुनन्दन गणेशका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाएका छन् । करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए । केटा पक्षले भागी विवाहलाई स्विकारे गरेपनि केटी पक्षले त्यसलाई अस्विकार गरेको रघुनन्दनले बताए । केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए ।

प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै उनले भने, ‘मुद्दा पश्चात दुवै जना आआफनै घरमा बसेका थिए, उनीहरुसँगै बाच्न नपाएपछि मृत्युलाई रोजे ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here