टिपरको ठक्करबाट १८ महिने बालिकाकाे मृत्यु

१० माघ २०७९, मंगलवार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा टिपरको ठक्करबाट १८ महिने बालिकाकाे मृत्यु भएकाे छ ।

सडकदेखि केहि मिटर पर खेलिरहेकी बालिकालाई को १ ख ६८२५ नम्बरको ट्रिपरले ठक्कर दिएपछि घटनास्थलमै बालिकाकाे मृत्यु भएकाे हाे ।

ठक्करबाट सुन्दरहरैँचा १२ का अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

घटना पछि टिपर आतंक बन्द गरिनुपर्ने , मृतककाे परिवारलाई क्षति पुर्ति दिनुपर्ने जस्ता माग राख्दै आफन्तहरूले केहि समय प्रदर्शन समेत गरेका थिए ।

घटनापछि ट्रिपर र चालक केराबारी गाउँपालिका १० का ३५ वर्षे राजकुमार लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here