मानव बेचबिखन गर्ने कार्यमा संलग्न पक्राउ

१३ माघ २०७९, शुक्रबार मा प्रकाशित

दमक ।

मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक–३ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने प्रकाश शाही ठकुरी भन्ने ४१ वर्षीय प्रकाश धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धिमाललाई काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो ।

म्यानपावर एजेन्टको काम गर्ने धिमालले कुवेतमा फ्रि भिसा र फ्रि टिकटमा राम्रो कमाई हुने काममा पठाइदिने भनि राहदानी लगायतका आवश्यक कागजपत्र बनाई ३÷४ जना महिलालाई २०७९ बैशाख १२ गते काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत लगी ९ सय कुवेती पैसामा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो ।

साथै पीडितलाई दैनिक १० घण्टासम्म काममा लगाई श्रम शोषण गरेको र उपचार गर्नका लागि स्थानीय अस्पताल गएको समयमा पीडित उक्त अस्पतालबाट भागी कुवेतस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएपश्चात उनलाई २०७९ असोज १४ गते उद्धार गरी नेपाल फिर्ता ल्याइएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here