विद्यार्थीहरुलाई स्वीटर

0
224

बिर्तामोड ।

लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले विद्यार्थीहरुलाई स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

स्मार्ट लेडीले झापाको बिर्तामोड–४मा रहेको अनारमनी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको हो । लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष पार्वता गिरीको अध्यक्षतामा भएको स्वीटर तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बिर्तामोड वडा नम्बर ४का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

विद्यालयमा अध्ययनरत् ५० जना बिद्यार्थीलाई स्वीटर र ७० जनालाई शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ ।

स्वागत तथा कार्यक्रमको औचित्यमाथि अध्यक्ष गिरीले प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि शर्मा, प्रधानाध्यापक टंक कटुवाल, लायन्सका डिष्ट्रिक क्याविनेट सेक्रटरी लीला चिमरियालयागतले स्मार्ट लेडीले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव संगीता गिरीले गरेकी थिइन् ।

कक्षा १देखि ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा २ सय ९३ जना बिद्यार्थी रहेको प्रधानाध्यापक कटुवालले जानकारी दिए । कार्यक्रममा स्मार्ट लेडीका सदस्यसहित शिक्षक समेतको उपस्थिति रहेको थियो ।

स्मार्ट लेडीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत केही समयअघि बिर्तामोड–२स्थित चैतुवारीको पञ्चरत्न माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरणसहित बाल क्लबलाई ५ हजार एक सय रुपैयाँ समेत आर्थिक सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here