पथरीशनिश्चरे ३ मा येले तङ्वेको उद्घाटन

१४ माघ २०७९, शनिबार मा प्रकाशित

पथरीशनिश्चरे ।

पथरीशनिश्चरे वडा नं–३ मा ‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिकता’ भन्ने मूल नाराका साथ येले तङ्वे ५०८३ उद्घाटन भएको छ ।

शुक्रबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोले रिबन काटेर येले तङ्वे मेलाको उद्घाटन गर्नुभयो ।

समितिका अध्यक्ष कविराज काम्बाङ लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रसाद गौतम, वडा नं ३ का अध्यक्ष विजय लिम्बू, वडा नं ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, पूर्व वडा नं ३ का अध्यक्ष डम्बर चेम्जोङ, पूर्व वडा नं ८ का अध्यक्ष बाबुराम दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तीन दिनसम्म लाग्ने उक्त मेलामा कलाकारहरुको दैनिक सांगीतिक प्रस्तुति रहने आयोजक येले मेला व्यवस्थापन समितिका अध्यक्ष कविराज लिम्बूले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here