शनिश्चरे माविमा नवनिर्मित तीन तल्ले पक्की भवनको उद्घाटन

१५ माघ २०७९, आईतवार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ शनिश्चरे बजारस्थित जिल्लाकै दोस्रो सामुदायिक विद्यालय शनिश्चरे माध्यमिक विद्यालयमा नवनिर्मित तीन तल्ले पक्की भवनको उद्घाटन गरिएको छ ।

राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष ०७६÷०७७ र ०७७÷०७८को विशेष अनुदानबाट निर्माण भएको उक्त भवनको शनिबार आयोजित विद्यालयको ७५औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले उद्घाटन गरेका थिए ।

९३ लाख ९१ हजार पाँच सय ५८ रुपैयाँ ७१ पैसाको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको प्रत्येक तलामा शौचालयसहित जम्मा नौ वटा कक्षा कोठा रहेको प्रधानाध्यापक चेतामणि खनालले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषबाट छात्रवृत्ति रकम वितरण गरिएको थियो ।

त्यसैगरी अघिल्लो शैक्षिक सत्र २०७७तर्फ छत्र थापा स्मृति अक्षयकोषबाट भद्रबहादुर बुढा(३.५०), लक्ष्मी ओली(३.५०) र सविना अधिकारी(३.३५)लाई जनही दुई हजार रुपैयाँ, लोकनाथ–हेमकला अक्षयकोषबाट भद्रबहादुर बुढा(३.५०) र लक्ष्मी ओली(३.५०)लाई जनही तीन हजार पाँच सय रुपैयाँ तथा सविना अधिकारी(३.३५)लाई तीन हजार रुपैयाँ, खगेन्द्र–विभा अक्षयकोषबाट भद्रबहादुर बुढा(३.५०) र लक्ष्मी ओली(३.५०)लाई जनही तीन हजार पाँच सय रुपैयाँ तथा रुद्र तोरण पुरस्कारबाट स्वप्निलनयन सुवेदी(९३.३३%) र डोल्मा शेर्पा (३.२०)लाई जनही तीन हजार रुपैयाँ वितरण गरिएको थियो ।

त्यस्तै गत शैक्षिक सत्र २०७८तर्फ छत्र थापा स्मृति अक्षयकोषबाट रोशन खनाल (३.३५) र निष्मा खतिवडा(३.०५)लाई जनही तीन हजार रुपैयाँ, लोकनाथ–हेमकला अक्षयकोषबाट एलिना न्यौपाने(२.८५) र प्रनिशा पुरी(२.८५)लाई जनही पाँच हजार रुपैयाँ, खगेन्द्र–विभा अक्षयकोषबाट एलिना न्यौपाने(२.८५) र प्रनिशा पुरी(२.८५)लाई जनही पाँच हजार रुपैयाँ तथा रुद्र तोरण पुरस्कारबाट स्वप्निलनयन सुवेदी(९७.८३%) र सपना आले (२.४५)लाई जनही तीन हजार रुपैयाँ वितरण गरिएको थियो ।

त्यसैगरी वर्ष शिक्षक सम्मानबाट शिक्षक चन्द्रकला सुवेदी दाहाल सम्मान पत्रसहित नगद पुरस्कार पाँच हजार रुपैयाँबाट सम्मानित भएकी थिइन् । प्रधानाध्यापक खनालले स्वागतसहित विद्यालयको गतिविधिसहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा श्री आधारभूत विद्यालयका प्रधानाध्यापक टंक न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर सदन विविध खेलकुद, सांस्कृतिक र हाजिरी जवाफ प्रतियोगितामा पहिलो कञ्चनजंगा, दोस्रो सगरमाथा, तेस्रो गौरीशंकर र चौथो अन्नपूर्ण भएको बताइएको छ । उक्त कार्यक्रमको सञ्चालन शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here