सिंहदेवी माविको ६४ औं वार्षिकोत्सव सम्पन्न

१५ माघ २०७९, आईतवार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयको ६४औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकालको अध्यक्षतामा आयोजित उक्त वार्षिकोत्सवको प्रमुख अतिथि प्रदेश नं.१का प्रदेश सभा सदस्य तिलचन पाठक “चिन्तन”ले उद्घाटन गरेका थिए ।

प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजालले विद्यालयको पृष्ठभूमि, वर्तमान गतिविधि र भावी रणनीतिसहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न छात्रवृत्तिका रकमहरु वितरण गरिएको थियो ।

जसमा कालीबहादुर–धनमाया गोले स्मृति छात्रवृत्ति कोषबाट कक्षा–१०का समिता पोखरेल(३.२५ं) र मिजल लिम्बू(३.००ं), कक्षा–११का लालबहादुर गिरी(३.६) र सुशन चापागाईं(३.२६) तथा कक्षा–१२का रोशन बराल(२.८०) र आकृति राई(२.७८)लाई जनही तीन हजार रुपैयाँ वितरण गरिएको थियो ।

त्यसैगरी यामबहादुर फूँयेल स्मृति छात्रवृत्ति कोषबाट खुसी अधिकारी, दीक्षा विश्वकर्मा र पवित्रा हमाललाई जनही तीन हजार रुपैयाँ तथा गीता दाहाल र जय तामाङलाई जनही चार हजार रुपैयाँ वितरण गरिएको थियो । त्यस्तै खिबलाल अधिकारी स्मृति छात्रवृत्ति कोषबाट सुभान न्यौपाने, साधना दाहाल, रेनिस दाहाल, प्रेक्षा ढकाल, ओमविक्रम न्यौपाने, सौरभ ढकाल, दृष्टी पराजुली, इशान अधिकारी, अंकित राई र सुस्मिता खतिवडालाई जनही एक हजार रुपैयाँ तथा जीवन निरौला र पवित्रा अधिकारीलाई जनही दुई हजार पाँच सय रुपैयाँ वितरण गरिएको थियो ।

त्यस्तै कार्यक्रममा यामबहादुर फूँयेल स्मृति छात्रवृत्ति कोषअन्र्तगत ‘वर्ष शिक्षक सम्मान’बाट शिक्षक चन्द्र खत्री, विद्यालयबाट प्रदान गरिने ‘वर्ष शिक्षक सम्मान’बाट शिक्षक कृष्णकला बाँस्तोला र ‘दिर्घ सेवा सम्मान’बाट कर्मचारी प्रेम कार्की सम्मानित भएका थिए ।

कार्यक्रममा वडाध्यक्ष उपेन्द्र बस्नेत, बीएण्डसी अस्पतालका प्रतिनिधि दीपेश भट्टराई, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाईं, अक्षयकोष दाता दुर्गाराज आचार्य, समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद नेपाल, पूर्व प्रधानाध्यापक कृष्ण फूँयेललगायतले मन्तव्य राखेका थिए । समितिका सदस्य चन्द्र सापकोटाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समितिका सदस्य एवम् शिक्षक भेषराज खनालले गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको सोही वार्षिकोत्सवको अवसरमा अन्तर सदन विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता भने हप्ता दिन अघि बाट सञ्चालन भएको प्रधानाध्यापक रिजालले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here