चार लाखबढीको अबैध सामान बरामद

0
115

बिराटनगर। 

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट भन्सार छलेर नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

सिमावर्ती एरिया इलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी अबैधरुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको खाधान्नका सामग्री, मोटरपार्स, जुत्ता चप्प्ल, लत्ताकपडा तथा माछा लगायतका सामानहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव चार लाख २७ हजार बरावरका सामानहरु आवश्यक कारवाहीको लागि सम्वन्धित भन्सार कार्यालयमा बुझाईएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here