भारतद्वारा १७ जना पाकिस्तानी बन्दी रिहा

१६ माघ २०७९, सोमबार मा प्रकाशित

काठमाडौँ, 

भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसको पुष्टि गरेको हो ।

उनीहरूलाई अटारी–वाघा सीमानाबाट पाकिस्तान पठाइएको हो । सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ ।

‘सबै पाकिस्तानी कैदीहरूलाई सजाय पूरा भएपछि भारतबाट स्वदेश फिर्ता गर्ने हाम्रो प्रयास जारी रहनेछ’ पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here