पथरीशनिश्चरे -५ मौलीबारीको ग्राभेल बाटो अनुगमन

0
141

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. ५ को मौलीबारीको एक नम्बर ग्राभेल बाटो निर्माण सम्पन्नपछि अनुगमन गरिएको छ ।

आइतबार नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक देवीमाया काफ्लेको अगुवाईमा, वडा अध्यक्ष वीरबहादुर राई, नगरका प्राविधिक कर्मचारीहरु सहितको टोलीले अनुगमन गरेको हो ।

सो बाटोको लम्बाई ७ सय १० मिटर, चौडाई ६ मिटर र उचाई (थिगनस) १५ सेन्टी रहेको छ । सो बाटोको लागत नगरबाट १० लाख विनियोजित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here