चीनलाई जवाफ दिने तयारीमा भारत, बीआरओले थाल्यो लेहमा राजमार्ग निर्माणको काम

१७ माघ २०७९, मंगलवार मा प्रकाशित

भारत,

सिमानालाई लिएर चीनको प्रवृत्ति कसैबाट लुकेको छैन। चीनले आफ्नो सीमानामा गर्ने गरेको तनाव नौलो होइन, तर पछिल्ला केही वर्षयता चीनको गतिविधिहरू बाहिरिन थालेका छन्। अर्कोतिर भारतसँगको सीमानाको कुरा गर्ने हो भने पछिल्लो ६ दशकमा सबैभन्दा ठूलो भिन्नता के आएको छ भने अहिले भारतले चुपचाप चीनको अतिक्रमण सहेर बस्दैन।

चीनलाई उचित जवाफ दिन देश भएको छ अहिले भारत। चीनसँगको खुला द्वन्द्वका कारण नै चुशुलदेखि डेमचोकसम्मको वास्तविक नियन्त्रण रेखा (एलएसी) सँगसँगै १३५ किलोमिटर लामो सिङ्गल लेन राजमार्ग आगामी दुई वर्षभित्र तयार हुने भएकाले यो राजमार्ग भारतका लागि महत्वपूर्ण रणनीतिक सडक हुनेछ मानिएको छ।

भारतको सीमा सडक सङ्गठन (BRO) ले २३ जनवरीको दिन सिडीएफडी सडक भनेर चिनिने चुशुल-दुंगती-फुक्चे-डेम्चोक राजमार्ग निर्माणको प्रकियाको सुरुवात गर्दै निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। चार सय करोडको लागतमा निर्माण हुन लागेको यो सडक आगामी दुई वर्षभित्रै बन्नेछ भने यो अहिलेको सडकलाई सिंगल लेनको राष्ट्रीय राजमार्गको मानकहरूको आधारमा तयार हुने प्रष्ट भएको छ। नयाँ सडक सिन्धु नदीको साथमा चल्नेछ जुन आभासीय रूपमा एलएसीको लगभग समानान्तर हुनेछ, जसको अर्थ यो लेहमा भारत-चीन सीमाको धेरै नजिक बनाइनेछ।

भारत–चीन सीमा जोडिएको यो महत्वपूर्ण मार्गलाई किन धुलोमै रहन दिइयो र चीनले सिन्धु वरपरको भूभाग आफ्नो कब्जामा लिएको र पूर्वाधारमा ठूलो परिमार्जन गरेको अवस्थामा भारतले यहाँ राम्रो सडक किन बनाउँदैन भन्ने प्रश्न थुप्रै दशकदेखि उठ्दै आएको छ। चुशुल त्यो क्षेत्र हो जहाँ सन् १९६२ मा रेजाङ लाको युद्ध भएको थियो। डेम्चोक पनि भारत र चीनबीचको झडपको साक्षी बनेको थियो।

यस्तो अवस्थामा नयाँ सडक बनेपछि सैनिकहरूको दल र उपकरणहरूलाई त्यहाँ चाँडोभन्दा चाँडो पुऱ्याउन सकिनेछ, यसको साथै यस क्षेत्रलाई एउटा सर्किटमा परिणत गरी पर्यटन विकासमा पनि टेवा पुग्ने छ ।७.४५ मिटर चौडा सडकमा तीनवटा महत्वपूर्ण पुल पनि निर्माण हुनेछन् । बीआरओले सन् २०१८ मा यो सडक विस्तार परियोजनाको रिपोर्ट तयार गरेको थियो । अब त्यसका लागि जनवरी २३ मा दुई प्याकेजमा बोलपत्र आह्वान गरिएको हो।

लेह क्षेत्रमा यो सडक पूर्वाधारको विकासमा यो अर्को दोस्रो महत्त्वपूर्ण कदम हुनेछ, यसअघि बीआरओ-ले लद्दाखमा न्युमा एयरफिल्डको निर्माणको लागि बोलपत्रहरू आमन्त्रित गरेको थियो, जुन विमानहरूको अवतरणका लागि एउटा आधुनिक स्थान हुनेछ, जहाँ लडाकु विमानहरू सजिलै अवतरण गर्न सक्नेछन्।

यस सम्बन्धमा डिसेम्बर ३१ मा एउटा रिपोर्ट दिएको थियो, जसमा न्युमा एयरफिल्ड भारतको सबैभन्दा अग्लो एयरफिल्डमध्ये एक हुनेछ र यो अत्याधुनिक ल्यान्डिङ ग्राउन्ड एलएसी-बाट मात्र ५० किलोमिटरको दूरीमा रहेको बताइएको छ। २१४ करोडको लागतमा बनाइएको यो अत्याधुनिक ल्यान्डिङ ग्राउन्डमा आगामी दुई वर्षमा लडाकु विमानहरू सञ्चालनमा आउनेछन् र यो सीडीएफडी सडक नजिकै हुनेछ। यो नयाँ ल्यान्डिङ ग्राउन्ड लगभह १२ सय ३५ एकड क्षेत्रफलमा फैलिनेछ जहाँ करिब २.७ किलोमिटर लामो रनवेसँगै सैन्य पूर्वाधार तयार गरिनेछ ।

उल्लेखनीय छ, भारतले अहिले चीनलाई उचित जवाब दिनका लागि हरेक क्षेत्रमा विशेष ध्यान पुऱ्याइरहेको छ। यस कुराको प्रमाण तवाङ सेक्टरमा चिनियाँ सैनिकलाई भारतीय सेनाले दिएको जवाबबाट पनि बुझ्न सकिन्छ। सीमा क्षेत्रलाई सुरक्षित पार्ने दिशामा पनि भारत सरकारले विशेष पहल गरिरहेको छ। यसोसले सीमावर्ती क्षेत्रहरूमा पूर्वाधार निर्माण र विकासको कार्यलाई भारतले अहिले धमाधम अघि बढाइरहेको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here