पथरीशनिश्चरे,
मोरङको विराटनगरमा आत्महत्या न्यूनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। सोमबार विराटनगर महानगरपालिका वडा नं. २ स्थित सामुदायिक भवनको हलमा आत्महत्या न्युनिकरण कार्यक्रम सहित पर्चा पम्पलेट वितरण गरिएको हो।
समुदाय-प्रहरी साझेदारीको अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ, सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैंनी, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय विराटनगरको समन्वय र सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मिना जोशीको अध्यक्षता तथा वडा नं. २ का वडा अध्यक्ष कुमार पोखरेलको प्रमुख अतिथ्यतामा स्थानिय सरोकारवाला संघ संस्थाका प्रतिनिधि समेत ३८ जनाको उपस्थिति रहेको थियो। उक्त अवसरमा आत्महत्या न्युनिकरणका लागि सय थान पर्चा पम्पलेट समेत वितरण गरिएको थियो ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।