कमल नगर जेसीजद्वारा सिमाना नाकामा शान्ति पदयात्रा

१७ माघ २०७९, मंगलवार मा प्रकाशित

कमल ।

कमल नगर जेसीजले देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसार पसार सम्बन्धित विषयलाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रम गरिएको हो । कमलनगर जेसीजले आयोजना गरेको कार्यक्रम विशेष गरि युवापुस्ताहरुलाई लक्षित गरिएको थियो ।

गौरीगञ्ज गाउँपालिका ५ को फत्तेपुरको सिमा क्षेत्रमा गरिएको कार्यक्रममा कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिका का वडाध्यक्ष केदार कट्वालले प्रदेश नं. १ मा अझ लागुपदार्थ सेवन र ओसार पसार विकराल रुपमा बढ्दै गएकोले यसको सेवनले भविष्यमा युवा पुस्ताहरु समाज र देशको लागि असक्षम हुने भएकाले युवाहरु आफू पनि लागुपदार्थ सेवनबाट टाढा रहेर सचेत नागरिक भएर यसलाई न्यूनिकरण गर्नतर्फ लाग्नुपर्ने बताउनु भएको छ ।

यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यालय केर्खाका प्रहरी नायब निरीक्षक सुवास मिश्रले लागुपदार्थको सेवनले दैनिक जिवन, आर्थिक पक्ष, स्वास्थ्यमाथि नराम्रो असर पर्ने भएकोले यसको सेवन नगर्न आग्रह गर्नुभएको छ । यस्तै, पक्राउ गरिएका लागुपदार्थ दुर्व्यसनी सँग सोधपुछ गर्दा धेरैजसो सीमा क्षेत्रबाट लागुऔषध को ओसार पसारको कारोबार हुने भएकोले यदि त्यस्ता शंकास्पद व्यक्ति देखिएमा प्रहरीलाई जानकारी गराएर एउटा असल नागरीकको दायित्व पुरा गर्न आग्रह गर्नुभएको छ । लागुऔषध सेवनकर्ताले लागुऔषध सेवन गर्न विभिन्न अपराधिक घट्ना घटाउने भएकाले यसलाई न्युनिकरण गर्न समुदायका सबैजना सजग रहनुपर्ने बताउनुभयो ।

यदि कोही व्यक्तिहरु लागुपदार्थ सेवन गर्ने वा ओसार पसार गरेर त्यसको बिक्रिवितरण गर्ने कार्य गर्दै आएका व्यक्तिहरु बारे थाहा भएमा सिमामा रहेका सुरक्षाकर्मी, अभिभावक, समाजका बुद्धिजिविले पनि त्यस्ता व्यक्तिहरुलाई खबरदारी गर्ने जनचेतना जगाउने कार्य गर्न सकेमा यसलाई न्युनिकरण गर्न सकिने मिश्रले बताउनुभयो ।

गौरीगंञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने खुल्ला सिमानाका कारण पछिल्लो समय लागुऔषधीको कुलतमा युवायुवती फस्ने गरेको जसका कारण समाज विग्रदै गएकोले सबै मिलेर यसलाई न्युनिकरण गर्नु पर्ने बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख जितेस दाहालले लागुपदार्थ सेवन तथा ओसारपसार का कार्यलाई नियन्त्रण गर्न ब्युरो पनि खडा गरेको जानकारी दिनुहुँदै यस कार्यलाई नियन्त्रण गर्न प्रहरी कडा रुपमा लागिपरेको बताउनु भएको छ ।

प्रदेश नं. १ लागुऔषध का लागि रेड जोनमा परेको बताउँदै पछिल्लो समयमा झापा लागुऔषधको लागि पहिलो नम्बरमा रहेकोले जनसमूदायहरुले पनि यस कुरामा चासो दिनुपर्ने, समुदायमा लागुऔषध सेवन गर्ने कोही व्यक्ति बारेमा आफु जानकार भएमा प्रहरीलाई सूचना दिन अघि बढेमा मात्र यसलाई न्युनिकरण गर्न सकिनेदाहालले बताउनुभयो ।

यस्तै, गौरीगंञ्ज गाउँपालिका ५ का वडा अध्यक्ष विजयसिंह गनगाई, ईलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख चुडामणी आपागाई, कमल नगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल , वर्ष २०२२ का अध्यक्ष जेसी नारायण बस्नेत , कमल उद्योग वाणिज्य संघका महासचिव युवराज पाठक, लायन्स क्लब अफ गौरीगंञ्जका अध्यक्ष अर्जुन दंगाल, उद्योग वाणिज्य संघ गौरीगंञ्जका अध्यक्ष मखना महतो, शसस्त्र सिमाबल फत्तेहपुर का असई श्री गुरुपदा दास लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

कमल नगर जेसीज वर्ष २०२३ अध्यक्ष जेसी रिजु कार्की अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेसीजकी कोषाध्यक्ष कमला दाहालले जेसीज आस्था वाचन गर्नुभएको थियो । त्यस्तै वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी तिर्थ पौड्यालस्वागत मन्तव्य राख्नु भएको थियो भने वर्ष २०२३ का महासचिव जेसी हरी अधिकारीले सन्चालन गर्नु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here