२०२२ मा घट्यो चिनियाँ स्मार्टफोनको निर्यात

0
161

एजेन्सी,

सन् २०२२ मा चीनको स्मार्टफोन निर्यात १३ प्रतिशतले घटेको छ । रोयटर्समा प्रकाशित एक लेखका अनुसार यो गिरावट पछिल्लो एक दशकको सबैभन्दा ठूलो गिरावट हो ।

बजारको अध्ययन गर्ने एक संस्थाले तयार पारेको रिपोर्टलाई उल्लेख गर्दै रोयटर्सले तयार पारेको उक्त लेखमा उल्लेख भए अनुसार सन् २०२२ मा चीनबाट २८ करोड ६० लाख थान स्मार्टफोन आपूर्ति भएको थियो । यद्यपि गत वर्ष ३२ करोड ९० लाख थान स्मार्टफोनको आपूर्ति भएको थियो ।

यो भन्दा अगाडि चीनले सन् २०१३ मा ३० करोड थान स्मार्टफोनको निर्यात गरेको थियो । सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी भिभोको बिक्री नै सन् २०२२ मा २५.१ प्रतिशतले घटेको छ ।

त्यस्तै सन् २०२२ मा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने सूचीको दोस्रो नम्बरमा भने अनर रहेको छ जसको बिक्री ३४ प्रतिशतले बढेको भएपनि कम्पनीले भिभोको बिक्री संख्यालाई भने छुन असफल रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here