सिमा अतिक्रमण नयाँ सरकारको लागि चुनौतीपूर्ण

0
126

अमृत शर्मा/काठमाण्डौं । 

नेपालको उत्तरी छिमेकी देश चीनसंग सीमा विवाद शुरु भएको छ । नेपाल–चीन सीमा चीन सरकारले एकलौटी रुपमा सीमा मिचेको र त्यसबाट त्यहाँका जनताहरु मारमा परेको खबरहरु सार्वजनिक भइरहेका छन् । नेपाल–चीन सीमा विवाद अहिले पेचिलो बन्दै गइरहेको छ । नेपालको सीमा मिचेकोमा अहिले नेपालमा चीनको सशक्त विरोध भइरहेको छ । हालै प्रकाशित एक प्रतिवेदन अनुसार चीनले नेपालको करिब ३६ हेक्टर जमिन कब्जा गरेर भौतिक संरचना निर्माण गरेको सीमा सम्बन्धी अध्ययन गरेका सीमाविद्हरु बताउँछन् ।

हुम्लाको सीमावर्ती क्षेत्रमा चीनले भवन बनाउनेदेखि लिएर हुम्लाकै नाम्खा गाउँपालिका–६मा पर्ने लाप्चामा नेपालीले अहिलेसम्म प्रयोग गर्दै आइरहेको ठाउँहरुमा चिनियाँ पक्षले हेपाहा प्रबृत्ति देखाउँदै भवनहरु निर्माण गरी सो नेपाली जमिनमा नेपालीलाई नै प्रवेश गर्न रोकिरहेको नाम्खा गा.पा. उपाध्यक्ष पेमा तामाङले बताएका छन् ।

नेपाली भूमि चीनले मिचेको विरोधमा चीन विरोधी आन्दोलन नै गर्नु पर्ने अवस्था आएको स्थानीयहरुले बताइरहेका छन् । चीनले सीमा अतिक्रमण गरेको विषयमा अध्ययन गर्न सरकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक समिति नै गठन गरिसकेको छ । गठन गरिएको अध्ययन समितिले सीमा मिचिएको ठाउँको स्थलगत अवलोकन गरी आफ्नो कामलाई अघि बढाइरहेको छ । वर्तमान देउवा सरकारले गठन गरेको अध्ययन समितिले पनि औपचारिक रुपमा सीमा मिचिएको नै निष्कर्ष निकालेको छ । कांग्रेस कर्णाली प्रदेश हुम्लाबाट निर्वाचित सांसद जीवनकुमार शाहीले हुम्लाको नाम्खाको लिमीमा चित्रद्वारा सीमा मिचिएको स्थलगत अध्ययनबाट प्रतिवेदन सार्वजनिक गरेका थिए ।

तर त्यतबेला ओली सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनद्वारा सीमा अतिक्रमण नभएको संसदमा जानकारी गराएका थिए । चीनले हुम्लाकाे नाम्खाको लिमीमा करिब २ किलोमिटर जमिन मिचेको स्थानीयहरुले बताइरहेका छन् ।

तत्कालीन हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले सीमा मिचेको विषयमा मिडियामा बोलेपछि चिनियाँहरुको दबाबमा उनीहरुलाई कार्वाही स्वरुप ओली सरकारले राख्न खोज्ने कसैलाई पनि सीमा मिचिएको ठाउँमा पुग्न नदिने, सूचना संकलन गर्न नदिने सीमा मिचिएको समाचार प्रकाशित प्रशारण गर्न नदिने, दबाब सिर्जना गर्ने जस्ता गतिविधिहरु चिनियाँ पक्षबाट भइरहेको स्थानीय नेता कार्यकर्ताको भनाइ रहेको छ ।

हुम्ला मात्र होइन नेपाल चीन सीमाका विभिन्न स्थानमा चीनको तर्फबाट करिब ३६ हेक्टर जमिन मिचिएको तथ्यांक पनि सार्वजनिक भएको छ । सन् २००६ देखि २०१२ सम्मको नापी शाखाले गरेको एक अध्ययनमा चीनले नेपालको चार जिल्लामा ३६ हेक्टर जमिन मिचेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसमा संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्ला रहेका थिए ।

जस अनुसार हुम्लाको भागदोर खोलामा छ हेक्टर कर्णाली नदीमा ४ हेक्टर र नाम्खाको लिमीमा २ किलोमिटर जमिन मिचेको छ । रसुवाको सान्जेन खोलामा २ हेक्टर भुर्जुग खोलामा एक हेक्टर, जबमु खोलामा ३ हेक्टर लाम्दे खोलामा केही भूभाग चीनको अतिक्रमणमा परेको छ । सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर भोटेकोशीमा ४ हेक्टर र संखुवासभाको सुमजुग खोलामा ३ हेक्टर काम खोलामा २ हेक्टर र अरुण खोलामा ४ हेक्टर जमिन मिचेको तथ्यांक सार्वजनिक भएका थिए । गोरखा जिल्लाको सीमानामा पर्ने ३५,३७ र ३८ नं. सीमा स्तम्भ हराएको छ । ती सीमा स्तम्भ गोरखाको रुई र तोम खोलामा पर्छन् ।

सो क्षेत्रका सीमा स्तम्भ हराएपछि रुई गाउँका ७२ घर परिवार चीनको अतिक्रमण परेको छ । सोलुखुम्बुको नाम्पा भञ्ज्याङमा पर्ने ६२ नं. सीमा स्तम्भ पनि हराएको छ भने दार्चुलाको जीउजीउ भन्ने स्थानका १८ घरसमेत चिनियाँ अतिक्रमणमा परेका छन् । नेकपा एमाले अध्यक्ष केपी ओलीले नापी शाखाले मिचिएको भूभागको प्रतिवेदन सार्वजनिक गर्दा पनि चीनले नेपालको भूमि अतिक्रमण नगरेको दावी गरेका थिए तर देउवा सरकारले त्यसको अध्ययन गर्न भन्दै समिति गठन थियोे ।

एक स्वतन्त्र सार्वभौम राष्ट्रको जमिन अतिक्रमण गर्ने चिनियाँ पक्षसँग सरकारले वार्ताको टेबुलमा अतिक्रमित आफ्नो भूमि फिर्ता लिन नेपाल सरकारले कुटनीतिक रुपमा चीन सरकारसँग वार्ता गर्नुपर्ने देखिएको छ । यो समाचार पुर्बान्चलदैनिकमा प्रकाशित भएको हो । नयाँ सरकार गठन भए पछि सिमा अतिक्रमणको कुरा उठाउन सकिने कि नै जनताको लागि चासोको बिसय बनेको छ । अहिले पुस्प कमल दाहान प्रधानमन्त्री छ्न उत्तरी सिमा अतिक्रमणको समाधान होला भन्ने आसा गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here