तीनजना राष्ट्रपतिसँग काम गरिसकेकी अमेरिकी कूटनीतिज्ञको भ्रमणको सन्देश के ?

0
181

काठमाण्डौं ।

राजनीतिक मामिला हेर्ने एक जना उपमन्त्रीले आइतवारबाट गर्न लागेको दुई दिने भ्रमणका क्रममा वासिङ्टन डिसीले नेपालमा आफ्ना स्वार्थहरू रक्षा गर्न अमेरिका पूर्ण रूपमा लागिपरेको सन्देश दिन खोजेको परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्।

राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डको भ्रमणले माओवादी नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको हुनसक्ने उनीहरूको भनाई छ।

काठमाण्डूमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसहित प्रभावशाली नेताहरूलाई भेट्नेछिन्।

झन्डै साढे तीन दशकको कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनको साथ लिएर सत्ता सम्हालेपछि काठमाण्डूको भ्रमणमा आउने उनी पहिलो उच्चपदस्थ विदेशी कूटनीतिज्ञ हुन्।

अमेरिकाले भ्रमणबारे के भनेको छ ?

अघिल्लो वर्ष नेपाल र संयुक्त राज्य अमेरिकाले कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाएका थिए र त्यसयता वासिङ्टन डिसीबाट कैयौँ उच्चपदस्थ अधिकारीहरू नेपालको भ्रमणमा आएका छन्।

यी भ्रमणलाई विज्ञहरूले दुई शक्तिशाली छिमेकीहरू चीन र भारतबाट घेरिएको नेपालमा बढ्दै गएको अमेरिकी सामरिक स्वार्थका रूपमा व्याख्या गर्दै आएका छन्।

अमेरिकाले चाहिँ साढे सात दशक भन्दा लामो द्विपक्षीय सम्बन्ध थप बलियो बनाउने उद्देश्यले ती भ्रमणहरू भएका भन्दै नेपालमा शान्ति, समृद्धि र स्थिरतासहितको लोकतान्त्रिक समाजको निर्माण भएको आफूले देख्न चाहेको बताउँदै आएको छ।

काठमाण्डूस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता एना रिची एलनले नुल्याण्डको भ्रमणले द्विपक्षीय सम्बन्धको महत्त्वलाई प्रकट गर्ने बीबीसीलाई बताइन्।

उनले भनिन्, “३३ वर्षदेखी अमेरिकी कूटनीतिज्ञ रहेकी उपमन्त्री नुल्याण्डले राष्ट्रपतिहरू बाइडन, ओबामा र बुसको कार्यकालमा कैयौँ उच्च तहका ओहदाहरू सम्हाली सक्नुभएको छ। आफ्नो भ्रमणका क्रममा उहाँले सरकारी अधिकारीहरूलाई भेटेर हाम्रो मजबुत द्विपक्षीय सम्बन्धलाई महत्त्व दिनुहुनेछ।”

अमेरिकी सरकारले पुनर्निर्माणमा सहयोग गरेको सांस्कृतिक सम्पदा स्थलको समेत उनले अवलोकन गर्ने कार्यक्रम छ।

अमेरिका नेपाल

प्रधानमन्त्रीमा चयन भएपछि प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसन वधाई दिएका थिए उपविदेशमन्त्री नुल्याण्ड नेपालसहित चारवटा देशको भ्रमणका निस्किएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकाको उच्च प्राथमिकतामाु एमसीसी, प्रचण्ड नेतृत्वको सरकारले अब के गर्ला भारतमुखी वा चीनमुखी नहुने बताएका प्रचण्ड ‘नेपालमुखी’ बन्न सक्लान्रु चीन र अमेरिका आए भनेर नेपाल डराउनु हुँदैन ज्यानुअरी २८ देखि उनले नेपाल, भारत, श्रीलङ्का र कतारको भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ।

नेपालमा उनले नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डाहरूमा छलफल गर्ने भनिएको छ। भारतमा चाहिँ उनले ‘फरेन अफिस’ छलफलको नेतृत्व गर्नेछिन् जसमा द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी विषयहरूमा कुराकानी हुने गर्ने बताइएको छ।

‘रहस्यमय ढङ्गले बनेको गठबन्धनुतर्फ अमेरिकी नजर प्रधानमन्त्री प्रचण्डको सपथग्रहण’

नेपालको परराष्ट्र मन्त्रालयले भ्रमणबारे सार्वजनिक रूपमा केही बताएको छैन। तर कतिपय ‘भेटवार्ताका अनुरोधहरू’ लाई संयोजन गर्ने काम भइरहेको अधिकारीहरूले उल्लेख गरेका छन्।

अधिकारीहरूले नेपालमा चुनावपछि फेरिएको राजनीतिक परिदृश्यबारे बुझ्ने र सम्बन्धहरू विस्तार गर्ने उद्देश्य सहित अमेरिकी कूटनीतिज्ञ नेपाल आउन लागेको ठानेका छन्।

आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न चुनावअघिको सत्ता सहयात्री नेपाली कांग्रेस तयार नभएपछि अन्तिम समयमा अर्को कम्युनिस्ट दल नेकपा एमालेसँग सत्ता गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here