चोरीको सामानसहित एक जना पक्राउ

१८ माघ २०७९, बुधबार मा प्रकाशित

सुनसरी।

सुनसरीको इटहरी उप-महानगरपालिका–६ को कविर माध्यमिक बिद्यालयबाट ल्यापटप दुई थान र टिभी एक थान चोरी गरी तत्काल फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उप-महानगरपालिका–१५ सुनसरीका २९ बर्षीय गौतम राई रहेका छन् । चोरी गर्ने राईको सिसि व्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएकोले हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल भारतको सिमा नजिक सडकमा समान सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेको राईको इलाका प्रहरी कार्यालत रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here