त्रिदेवमा सेन्सर डस्टविनको प्रदर्शनी

१८ माघ २०७९, बुधबार मा प्रकाशित

झापा, त्रिदेव बहुमुखी क्याम्पस व्यवस्थापन विभागले प्रतिभा प्रर्वद्धन कार्यक्रम अन्तर्गत बीबीएस चौथो बर्षमा सर्वाेत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यार्थीहरूले बनाएको सेन्सर डस्टविनको समेत प्रदर्शनी गरिएको छ ।
बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज घतानीको अगुवाईमा तेस्रो वर्षका विद्यार्थी विनय दहाल र उत्सव भट्टराईद्वारा तयार गरिएको उक्त डस्टविनको उद्घाटन मेचीनगर नगरपालिका वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देल, नेपाल बैंक लिं बिर्तामोड शाखाका प्रबन्धक यमनाथ दहाल र त्रिदेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माघव प्याकुरेलले संयुक्त रूपमा गरेका थिए ।
फोहोर मैला व्यवस्थापनको विद्यमान समस्यालाई समाधान गर्न केही हदसम्म सहयोग गर्ने उद्देश्यले उक्त सेन्सरवाला डस्टविनको परिकल्पना गरिएको त्यसका निर्माता घतानीले जानकारी दिए । उक्त डस्टविनको छेउमा हात लाँदा वा छेउमा जाँदा त्यसको विर्काे आफै खुल्छ र केही समयपछि आफै बन्द हुन्छ ।
यस्तै गरि त्रिभुवन विश्वविद्यालयद्वारा २०७८ सालमा लिइएको द्यद्यक् चौथो वर्षमा सर्वोत्कृष्ट अङ्क अर्थात् ७९.८० प्रतिशत अङ्क प्राप्त गरी क्याम्पसको गरिमा उच्च राखेकोमा विद्यार्थी अमित दहाललाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मेचिनगर नगरपालिका वार्ड नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले विद्यार्थीलाई नगरपालिकाको वडा कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रममा सहभागी गराउन योजना रहेकोले त्यस कार्यक्रममा सहभागी हुन समेत आव्हान गर्दै नव प्रतिभाको प्रतिभा प्रस्फुटन गराउन आफूले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल बैंक लिमिटेडका बिर्तामोड शाखाका प्रबन्धक यमनाथ दाहालले नवप्रतिभा विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउन आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै यस्ता विद्यार्थीहरूको प्रतिभा पहिचान गरी उनीहरुलाई पुरस्कार सम्मान गरेकोमा क्याम्पसलाई धन्यवादसमेत ज्ञापन गरिएको छ ।
क्याम्पस प्रमुख माधव प्याकुरेलले त्रिदेव क्याम्पस विविध प्रतिभाको फूलबारी रहेकोले यस्ता प्रतिभाको प्रस्फुटन गराउने अवसर क्याम्पस ले प्रदान गर्ने बताउँदै यस्ता प्रतिभाशाली विद्यार्थीलाई सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरू नेविसंघका त्रिदेव एकाई सभापति सौरव वस्नेत, अनेरास्ववियूका त्रिदेव ईन्चार्ज विनिता न्यौपाने, एसक्युसी संयोजक उत्सव भट्टराई लगायत विद्यार्थी प्रतिनिधि थियो । विद्यार्थी प्रतिनिधिहरूले समेत आफ्ना सहकर्मीहरूको प्रतिभा प्रबर्द्धनमा आफूहरूले सक्दो सहयोग गर्ने बचनबद्घता व्यक्त गरेका थिए ।
आयातमुखी अर्थतन्त्रका कारण मुलुक जर्जर भइरहेको वर्तमान अवस्थामा त्यस्तो अवस्थालाई सुधार गर्न केही हदसम्म टेवा पुगोस् भन्ने अभिप्रायले त्रिदेव बहुमुखी क्याम्पसका विद्यार्थीको नयाँ अवधारणा सहित नयाँ उत्पादनको प्रयासलाई प्रर्बद्धन गरिएको विभागीय प्रमुख साबित्रा दहाल भट्टराईले बताइन् ।
व्यवस्थापन विभाग प्रमुख साबित्रा दहाल भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य अंग्रेजी विभाग प्रमुख ज्ञानकुमार खतिवडाले गरेको कार्यक्रम सञ्चालन व्यवस्थापन विभाग सदस्य सहायक प्राध्यापक रोहित बरालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here