स्कूल बसको ठक्करबाट एकको मृत्यु

0
167

पथरीशनिश्चरे ,

मोरङको उर्लाबारी नगरपालिका- ३ थापा चोकस्थित पुर्वपश्चिम राजमार्गमा स्कुल बसले पैदल यात्रिलाई ठक्कर दिदा यात्रीको मृत्यु भएको छ ।

बुधबार बिहान करिव ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पञ्चायत मावि पथरीको ना ६ ख ६१८२ नम्बरको स्कुल बसले ठक्कर दिँदा पैदलयात्री स्थानीय ८० वर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए ।

घाईते तामाङको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका-९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here