बालमैत्री घोषणा गर्न कनकाईमा एक दिने अभिमुखिकरण

0
177

चन्द्र बस्नेत, कनकाई । 

झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरिरहदा स्थानीय शासन नगर समिति लक्षित एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

कनकाई नगर प्रमुख तथा स्थानीय शासन नगर समितिका सयोजक राजेन्द्रकुमार पोख्रेललेको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश न;१ बालबालिका समन्वय अधिकृत सुमन अधिकारी र एस.संकल्प नेपाल प्रा. लि. टोका काठमाडौ कि निर्देशक स्वस्तिका शर्माले सहजीकरण गर्नुभएको थियो।

अभिमुखिकरण कार्यक्रममा बालमैत्री घोषणा गर्न स्थानीय तहले गर्नुपर्ने तयारीका बारेमा र अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी गराईएको थियोे । झापाको भद्रपुर नगरपालिका सहित प्रदेश १ मा ३ तथा नेपालमा यस अघि १४ वटा स्थानीय तहहरुले बाल मैत्री घोषणा गरेको र यो कनकाई नगरपालिका प्रदेशमा चौथो तथा नेपालकै पन्द्रौ बालमैत्री घोषणा गर्नका लागी आगामी २०८१/ ८२ मा नगरलाई बालमैत्री घोषणाको तयारीमा आफुहरु लागिपरेको प्रदेश न;१ बालबालिका समन्वय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा अध्यक्षहरु वडा न १ शुसिलकुमार पोख्रेल, २ अध्यक्ष प्रताप राई ,४ का अध्यक्ष रोषन सुवेदी ,५ का अध्यक्ष कृष्णबहादुर राई, ६ का अध्यक्ष दीर्घबहादुर थापा , ८ का अध्यक्ष लीलाबहादुर कटुवाल कार्यपालिका सदस्य, अन्य वडा सदस्य, नगर योजना शाखाकि कर्मचारी जमुना कटुवाल ,टीका खतिवडा , जिल्ला बालसन्जालका अध्यक्ष अभिषेक मिश्र लगायतको उपस्थितिमा नगरले उक्त कार्यक्रम सम्पन्न गरेको हो।
कनकाई नगरले यो आर्थिक बर्ष २०७९/०८० मा तीन वटा वडालाई बालमैत्री घोषणाको तयारी गरिरहेको र यस्तो खालको अभिमुखिकरण कार्यक्रम विध्यालय , वडा, टोल तथा नगर लक्षित गर्दै जाने कनकाई नगर प्रमुख तथा स्थानीय शासन नगर समितिका सयोजक पोख्रेलले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन पछि आज पहिलोपटक यस्तो अभिमुखिकरण कार्यक्रम आयोजना गरि चालु आर्थिक वर्षमा नगरका वडा न ५, ६ र ८ लाई वालमैत्री वडा घोषणाको तयारी गरिएको नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले बताउनुभयो ।

बालमैत्री घोषणा गर्ने तयारीसँगै बालस्रोत व्यक्ति रुद्रमणि पोख्रेल र प्रजेश खनालले नगरका सबै वडामा गठन भएका बाल क्लब , टोल तथा विध्यालयहरुमा अनुगमन एवम् सचेतना मुलक पर्चा पम्प्लेट वितरण भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।बालमैत्री घोषणाका लागि नगरमा बालबालिकाको मनोपरामर्श कक्ष र स्तनपान कक्षको स्थापना गरिएको छ ।

त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका बिभिन्न स्थानको अनुगमन, उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाई केन्द्रको स्थापना , प्रत्येक वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा समिति गठन गरी विभिन्न कार्यहरु गरिरहेको नगर कर्मचारी बिजय पाठकले जानकारी दिनुभयो । कार्यक्रमको सन्चालन नगर बाल कल्याण अधिकारी ढकालले गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here