साहले पाए आठ लाख ५० हजार

0
134

बिर्तामोड ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सिटिजन सुरक्षा बिमा योजना (ऋण बिमा) अन्तरगतको रकम बिमा कर्तालाई हस्तान्तरण गरेको छ ।

आफ्नो मृत्य पश्चात परिवारका सदस्यलाई दिइने उक्त रकम माँ लक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्य स्व. प्रभु साहको निधन पछि बिमा योजनाबाट पाउने रकम आठ लाख ५० हजार रुपैंया उनका छोरा अरुणकुमार साहलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा माँ लक्ष्मी साकोसका अध्यक्ष देवेन्द्रकुमार सिंह, पूर्व अध्यक्ष घनश्याम चौधरी, संचालक समितिका सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एविएम उत्तम कोइराला र चन्द्रगढी शाखाका प्रमुख विपिन राई लगायतको सहभागितामा साहलाई उक्त बिमाको रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here