पथरीशनिश्चरे, नेवास्पुच पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा ३ दिवसीय नेवारी परिकार तालिमको आज समापन भएको छ ।
माघ २० गतेदेखि २२ गतेसम्म भएको सो तालिममा नगरका नेवारी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख मोहनप्रसाद तुम्वापोलेले भावी दिनमा नेवास् पुचसँग सहकार्य गरेर नगरमा अन्य गतिविधिहरुलाई पनि विशेष जोड दिने उद्घोष गर्नुभयो ।
यस्तैगरी, कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्ले ,वडा नं। १ का वडाध्यक्ष भीम राई, अम्बर बहादुर श्रेष्ठ र प्रशिक्षक पुष्पा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । समापन कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै नेवारी परिकार चखाइएको थियो । कार्यक्रम नेवास्पुँच पथरीशनिश्चरेका अध्यक्ष लोकेन्द्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो सचिव मोहन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।































