पूर्व विद्यार्थी कार्कीद्वारा सासुससुराको स्मृतिमा अक्षयकोष स्थापना

२३ माघ २०७९, सोमबार मा प्रकाशित

अर्जुनधारा, झापाको अर्जुनधारा–४ भाङबारीस्थित अर्जुनधारा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् सामाजिक व्यक्तित्व बमबहादुर कार्कीले अक्षयकोष स्थापना गर्न नगद ५१ हजार एक सय ११ रुपैयाँ हस्तान्तरण गरेका छन् ।
विद्यालयको सोमबार आयोजित ६३औं वार्षिकोत्सवको अवसरमा पूर्व विद्यार्थी कार्कीले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनाल र प्रधानाध्यापक वेदमाया निरौलालाई हस्तान्तरण गरेका थिए ।
उनका सासुससुरा मनमाया+धनबहादुर दाहालको स्मृतिमा स्थापना हुने उक्त अक्षयकोषको ब्याज बापत प्राप्त हुने रकम प्रत्येक वार्षिकोत्सवमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने बताइएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालको अध्यक्षतामा आयोजित उक्त वार्षिकोत्सवको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
विद्यालयकी प्रधानाध्यापक निरौलाले विद्यालयको वार्षिक गतिविधि प्रस्तुत गरेको कार्यक्रममा गत आर्थिक वर्ष ०७८÷०७९को मूल्याङ्कनको आधारमा वर्ष शिक्षक भद्रलाल घिमिरेसहित ११ जनालाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा जग्गादाता शिवलखन कलुवार(मरणोपरान्त), पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र ढकाल, पूर्व प्रधानाध्यापकहरु टंकप्रसाद बस्नेत (मरणोपरान्त), रामप्रसाद खनाल(मरणोपरान्त), शिवप्रसाद दाहाल(मरणोपरान्त) र मोहन घिमिरे, पूर्व शिक्षकद्वय ज्ञानु थापा(मरणोपरान्त) र खगेन्द्र घिमिरे तथा शिक्षकद्वय उर्मिलादेवी दाहाल र शिक्षक सीता भट्टराई रहेका छन् ।
कार्यक्रममा अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहन ओली, शिवनारायण आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद खतिवडा, पूर्व विद्यार्थी एवम् दाता कार्कीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले पीटीसहित गीत तथा नृत्य प्रस्तुत गरेका थिए । शिक्षक माया शिवाकोटीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक मिलन श्रेष्ठले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here